दलित एकता संजाल नेपाल कुवेतले प्रथम बार्षिक उत्सब सांस्कृतिक कार्यक्रमका साथ मनाउने

राज मल्ल ठकुरी - कुवेत
दलित एकता संजाल नेपाल, कुवेतले आफ्नो स्थापनाको प्रथम बर्ष पार गरी दोश्रो बर्ष पुगेको अवसरमा आगामी डिसेम्बर १२ तारिखमा नेपालका राष्ट्रिय चर्चित कलाकारहरु यस कुमार, मुना थापा मगर र प्रेम कुमार गैरेलाई ल्याएर बृहत् सांस्कृतिक कार्यक्रमका साथमा आफ्नो प्रथम बार्षिक उत्सब भब्यताका साथ मनाउने भएको छ |“दलित एकता आजको आवश्यकता छुवा छुत मुक्त समाज निर्माण र विकाशको लागी सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ स्थापना भएको “दलित एकता संजाल नेपाल,कुवैत, NCC  ले आगामी १२ डिसेम्बर २०१४ मा बिभिन्न सामाजिक सहयोग सहित एक सन्देश मुलक बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने भएको हो |
डीसेम्बरमा १२ तारिखमा कुवेतको जिलिप स्थित वेडिंग हलमा मनाउन लागेको उक्त बार्षीक उस्सवमा सन्जालले विभिन्न समाजिक कृयाकलापको सहयोगार्थ तथा कुवैत वासी प्रवासी नेपालीहरुको एकताको लागी स्थानीय कलाकारहरु एवं नेपालका ख्याति प्राप्त कलाकारहरु गायक तथा नायक यस कुमार, सुमधुर स्वरकी धनि लोकदोहोरि गायिका मुना थापा मगर तथा गायक तथा संगीतकार प्रेम कुमार गैरेका साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेर कुवेतवासी नेपालीहरुलाई पुन.सांगितिक मनोरञ्जन दिने भएको छ सन्जालका अध्यक्ष आश बहादुर नेपाली परदेशी खबरलाइ जानकारी गराएका छन ।
 स्थापना भए देखी नै सामाजिक कार्यमा अग्रसर भएर बीभीन्न समस्याबाट पीडीत भएकाहरुलाइ आर्थीक सहयोग गर्दै आएको यस सन्जालले आफ्नो प्रथम बार्शीक उस्सव तथा भब्य सांस्कृतिक कार्यक्रम सफल बनाउनको लागी कुवेतमा कार्यरत सम्पूर्ण सघ संस्था समाजसेवी, बुद्धिजीवी, पत्रकार, तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुलाइ पूर्णरुपमा सहभागि भईदिनुहुन हार्दिक अपिल गर्दै कुनै पनी संघ संस्था र ब्यक्ती बिशेषले सो दिनमा आफ्ना कार्यक्रम नजुधाइदीनु भई समयमै उपस्थित भइदीनु हुन पनी संजालले अनुरोध गरेको छ ।
Courtesy: परदेशी खबर

No comments:

Post a Comment