गढीमाईमा बलि चढाइने राँगाको सिनो यस क्षेत्रका दलित समुदायले बहिष्कार गर्ने

पर्सा, कार्तिक ११ - प्रसिद्ध गढीमाई मेलामा बलि चढाइने राँगाको सिनो यस क्षेत्रका दलित समुदायले बहिष्कार गर्ने भएका छन् मंसिरमा बाराको बरियारपुरमा लाग्ने मेलामा सयौं बलि चढाइन्छ पर्सा बाराका राम (चमार) जातिले बहिष्कार घोषणा गरेका हुन् पञ्चवषर्ीय मेलामा कथित दलित चमार जातिले परापूर्वकालदेखि बलि चढाइने राँगोको सिनो प्रसाद भन्दै खाने परम्परा
दुवै जिल्लाका चमार अगुवाको यसै साता लिपनीमालको चैनपुरमा सम्पन्न भेलाले स्थानीय अगुवा महन्थ रामको अध्यक्षतामा सिनो बहिष्कार प्रचारप्रसार समिति गठन गरी अभियान चलाएका हुन् '२०६६ को मेलाबाट अभियानको थालनी भएकोमा यसपटक अझ बढी जोडतोडसाथ अभियान चलाएका छौं,' रामले भने, 'त्यस वर्ष हामी ७५ प्रतिशत सफल भएका थियौं, यस वर्ष शतप्रतिशत सफल हुन्छौं ' यसअघिको मेलामा करिब १६ हजार राँगाको बली दिएकोमा यस वर्ष करिब २२ हजार दिइने अनुमान
भाकल गरेकाले मेलामा कुखुरा, परेवा बोका चढाउने गर्छन् अरू जीवजन्तुको मासु लाने राँगो दलितले लग्छन् भन्दै छाड्ने गरेका छन् चमारले सिनो बोकेर घर ल्याउँदा विभेद हिनताबोध अनुभूति भएकाले परम्परा तोड्नका लागि अभियान चलाएको उनले जानकारी दिए मेलामा बलि दिने राँगो २४ घण्टाभन्दा बढी समयपछि मात्र ल्याउन पाउने अनुमति दिने भएकाले चमार जातिले बासी अखाद्य मासु खाएर सामाजिक रूपमा आफंै उपहासको पात्र बनिराख्ने अवस्था अस्वस्थ्य मासु खाएर स्वास्थ्यमा समेत असर पर्ने भएकाले सिनो बहिष्कार अत्यन्त जायज यथार्थपरक निर्णय रहेको अर्का दलित अगुवा मदन राम बताउँछन्
'अरू बेला चमार जातिले सिनो नखाने तर गढीमाई मेलाको समय वर्षमा पटक सिनो खाने कारण पनि यस क्षेत्रका चमार जातिलाई कतिपयले हीन भावनाले हेर्ने चलन कायम ,' उनले भने, 'बदलिंदो सामाजिक परिवेश परिवर्तनअनुसार चमार जाति पनि शिक्षित हँुदै गएका छन्, त्यसैले हामीले युग सुहाउँदो निर्णय गरेका हौं ' अभियानलाई पर्सा बारामात्र नभई रौतहटसम्म बिस्तार गर्ने योजना समितिको


No comments:

Post a Comment