धरान नगरपालिकामा दलित विकाशका कार्यक्रममा अनियमितता


दिनेश गजमेर, धरान– दलित विकाशका कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परे पछि हिसाब किताब तथा विवरण पेश गर्न धरान नगर पालिकालाई अख्तियार अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
दलित उत्थान समन्वय समिती धरानको आर्थिक वर्ष ६९÷७० तथा ७०÷७१ को हिसाब किताब दाखिला गर्न
असार १० गते पत्र पठाएको छ । पत्रका दलित विकाश कार्यक्रमको खर्च, रकम निकासाको कागजात माग गरिएको छ ।
अघिल्लो वर्ष ६९÷७० मा समितीले कार्यक्रम सम्पन्न नगरि बिल भर्पाई फच्र्यौट गरेको समाचार प्रकाशित भए पछि अख्तियारले कागजपत्र माग गरेको थियो । तत्कालीन अवश्थामा नगर पालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत सम्पुर्ण कागजपत्र पेश गरेको थियो । प्रशासनले अख्तियारमा बुझाएको पत्रमा पेश्कि रकम फिर्ता भएको धरान नगरपालिकाले जनाएको उल्लेख गरेको छ ।
आ.व. ६९÷७०को अनियमिततालाई मध्यनजर गरि आर्थिक वर्ष ७०÷७१ को विकाश कार्यक्रमको हिसाब मागेको जिल्ला प्रशासन कार्यालय सुनसरीका एक कर्मचारीले बताए । उनले भने, प्रशासन कार्यालयले पठाएको प्रतिवेदनमा चित्त नबुझेर पुनः छानबिन गरेको हुन सक्छ । सो समयको अख्तियारको छानबिन पुरा नभईसकेको उनले बताए । नगर पालिकाले सम्पुर्ण कागजात पठाए पनि काँही त्रुटि देखिएकाले छानबिन प्रक्रियामै रहेको हुन सक्ने उनको भनाई छ ।
अख्तियारले आ.व. ७०÷७१ को विकाश कार्यक्रमको छानबिन गर्न ५ जना सरोकारवालालाई हाजिर गराउन भनेको छ । कार्यक्रम अन्र्तगत संचालन भएको सिपमुलक तालिममा सहभागि भएका ५ जनालाई सोधपुछका लागि बोलाएको हो । यस वर्षको कार्यक्रममा तालिमनै संचालन नगरि बिलभौचर पेश गरेको उजुरी परेको श्रोतले जनाए ।
यता दलित उत्थान समन्वय समितीका सचिव शेर बहादुर परियारले दलित विकाश कार्यक्रम पुर्ण रुपमा सम्पन्न भएको बताए । कार्यक्रम सम्पन्न गरि सामाजिक लेखा परिक्षण गरि नगर पालिकालाई प्रतिवेदन पेश गरेको उनले दावी गरे । अख्तियारले समितीको नाममा कुनै पत्र नपठाएको उनले जनाए । हामीले कार्यक्रम सम्पन्न भएको प्रतिवेदन बुझाईसकेका छौ उनले भने समितीलाई कुनै जानकारी छैन् ।
धरान नगर पालिकाले असार १३ गते अख्तियारलाई विवरण पठाईसकेको छ । विवरणमा नेपाल सरकारको कार्यविधि अनुरुप काम गरेको, दलित समुदायको सहभागिता र सक्रियतामा संचालन भएको, फिर्ता आउनु पर्ने फिर्ता भैसकेको उल्लेख गरिएको छ ।
अघिल्लो वर्षको कार्यक्रममा विवाद देखिएकाले यस वर्ष के कस्तो भयो भनेर बुझ्न खोजिएको धरान नगर पालिकाका प्रशासकिय अधिकृत गणेश खतिवडाले बताए । अख्तियारले मागेको विवरण सबै पठाईसकेको उनले बताए । आव ६९÷७० मा दलित विकाशका लागि ४ लाख २० हजार र आव ७०÷७१ मा ५ लाख २५ हजारको विकाशका कार्यक्रम संचालन भएको थियो । गत वर्षको दलित विकाश बजेट बाट ५ लाख २३ हजार ८ सय ८२ रुपैया नगर पालिकाले भुक्तानी गरिएको बुझिएको छ ।

No comments:

Post a Comment