अमेरिकामा जातीय छुवाछुत र भेदभावका लागि मंच किन?

जाती, जनजाती, छुवाछुत, भेदभाव जस्ता शब्दहरुको जबाफ एउटा शब्दले दिन्छ, त्यो हो नेपाली । अमेरिकामा रहेका हरेक नेपालीले आफुलाई दलित र जनजाती भन्दा राखेर नेपाली भन्ने हो भने यस्ता कुरीतिको जबाफ खोज्न काँही जानु पर्दैन ।
एक थरि काम नपाएका मान्छेहरुले अमेरिकामा नेपालको जातीय छुवाछुत र भेदभाव उन्मुलनको नाउमा वासिंगटन डिसीमा अन्तरराष्ट्रिय मंचको स्थापना गरे । उनीहरुले विस्वका १३ मुलुकहरुमा बसोबास गर्ने नेपालको दलित आन्दोलनका अगुवाहरुको सकृयतामा बिश्व छुवाछुत तथा भेदभाव बिरुद्ध मन्च (Global Forum Against Caste Based Discrimination ) स्थापना गरेका हुन ।
उक्त मंचमा उनीहरुले हाल अमेरिका, क्यानाडा, यूरोप, बेलायत, नेपाल, भारत, हङ्कङ, मलेशिया, कतार, दुबई, अस्ट्रेलिया र दक्षिण अमेरिकाबाट प्रतिनिधित्व रहने ब्यबस्था गरेका छन ।
अमेरिकामा रहेका नेपालीहरुले दलित नभनेका, कहीं कतै छुवाछुत र भेदभाव नगरेका मान्छेहरुले आफैलाई दलित र जनजातीको दर्जामा राखेर यस्ता मंच गठन गर्नाले समाजमा झन भेदभाव र छुवाछुतको बिकास हुन्छ भन्ने सामान्य ज्ञान नभएको देखाउने तर्फ उनीहरुले सतर्कता अपनाएको देखिन्न ।
मंचको संयोजकमा धरम बिश्वकर्मा छन, जो नासो कम्यूनिटीका संस्थापक अध्यक्ष हुन । उपसंयोजकमा तीर्थ बिश्वकर्मा राखिएका छन, उनि दलित एनजियो महासंघका पूर्व कार्यकारी निर्देशक हुन । मंचका सदस्यहरुमा बिष्णुमाया परियार, एम्पावर दलित वूमन अफ नेपालकि संस्थापक, पदम बिश्वकर्मा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रिय अध्यक्ष, मोतिलाल नेपाली, दलित सेवा संघका संस्थापक अध्यक्ष, दिलिप नेपाली, जागरण मिडिया सेन्टरका पूर्व सचिब, पूर्ण बराईली डकुमेन्ट्री निर्माता, अम्बर हजारिया, युएन डिपीको युवा शसक्तिकरण कार्यक्रमका पूर्व रास्ट्रिय संयोजक, रिज बराईली, दलित सन्जालका अगुवा, सुशिल बिके स्वतन्त्र पत्रकार, अर्जुन बगाले वकिल एबं अधिकारकर्मी, मोम बिश्वकर्मा र घनश्याम बिश्वकर्मा बिद्यावारिधी बिद्यार्थी र दलित अधिकारकर्मी आदि छन ।
यस्ता दलित र जनजाती मंचहरुले आफ्नो बिंडो थाम्ने काम त होला तर यसले समग्र प्रतिस्पर्धात्मक समाजमा खासै अर्थ राख्दैन अझ बिशेष अमेरिकामा त यसको महत्व माथि नेपाली त के कसैले पनि चासोसम्म दिंदैनन । अमेरिकामा को नेपाली को बिदेशी सबै बराबर छन भने अहिले नेपाली नेपाली बीच पनि दलित र जातिय भन्ने कुरा कसैले हेक्का राख्दैन । दलित ठान्नेहरुलाई आफ्नो पुर्ख्यौली दलितको बिंडो थाम्नु परेको वा प्रतिस्पर्धाबाट पछि हटेर आरक्षण खोज्नु परेको हो भने पनि अमेरिकामा त्यो बिंडोलाई साथ दिने कोहि छैन ।
अमेरिकाको नेपाली समाजमा जातपात, छुवाछुत र भेदभाव जस्ता कुराहरु नै नभएको सन्दर्भमा यस्ता मंचहरु नेपालमा जस्तै डलर पकाउने माध्यम मात्र हुन । दलितले दलितलाई नै शोषण गरिरहेको हुन्छ, गैर दलितले गैर दलितलाई गरे जस्तै । कतै त्यस्तै गर्ने कामका लागि त मंच गठन गरिएको होइन?
दलितहरुले अमेरिकाको एउटा त्यस्तो नेपाली समुदाय देखाउन जहाँ दलित र गैर दलित भनेर भेदभाव र छुवाछुत हुन्छ । सबैलाई थाह छ, अमेरिकामा त्यस्तो परिपाटी कहिँ कतै छैन । भेदभाव गर्नासाथ पक्डाउ खाने मुलुकमा हरेक व्यक्ति छुवाछुत र भेदभाव बारे पूर्ब सचेत भएकाले मंच केवल दलितको नाउमा डलर छाप्ने र राजनीति गर्ने निकाय त हैन? शंका उब्जाएको छ ।
नेपालमै त भेदवाव अन्त्य हुने क्रममा छ भने अमेरिकामा छुवाछुत र भेदभावको कल्पनासम्म गर्न सक्दैनन नेपालीहरुले तर मंच गठन गर्न चाहि सक्छन है । सके पनि नसके पनि राजु परियारको एउटा मिठो यु ट्युब भिडियो राखिदिउ यहाँ:
मान्छे भन्दा ठुलो जात कुन छ र?
मैले छुँदा पानी बिष हुन्छ र?

- article source: सिधा कुरा (www.sidhakurausa.com)

No comments:

Post a Comment