सामूहिक बलात्कार गरेको आरोप लागेका तीन युवा पक्राउ

बर्दिया/ सानोश्री गाविसकी एक महिलालाई गत कात्तिकमा सामूहिक बलात्कार गरेको आरोप लागेका तीन युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको
जिल्ला प्रहरी कार्यालयले सामूहिक बलात्कार गरेको आरोपमा ताराताल गाविस का विजय भन्ने सुनील सुनार, यामबहादुर परियार बलराम कोइरालालाई पक्राउ गरेको हो तिनैजनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो
स्थानीय कुसुम्बाबजारमा लाग्ने हाटबाट फर्कंदै गरेकी २८ वर्षीया विवाहित महिलालाई उनीहरूले बलात्कार गरेको प्रहरीको भनाइ जिल्ला प्रहरी कार्यालय बर्दियाले घटनापछि फरार रहेका तिनैजनालाई उनीहरूले प्रयोग गरेको मोबाइलको लोकेसनका आधारमा पक्राउ गरेको जनाएको

कोइरालालाई आफ्नै गाउँ तारातालबाट अरू दुईजनालाई सोरहवाबाट पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले बताए अदालतबाट म्याद थपेर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको एसपी बस्यालले जानकारी दिए

No comments:

Post a Comment