२० परिवार मुक्त हलियालाई पुनःस्थापना

कञ्चनपुरअसोज २५ गते  मुक्त हलिया समस्या समाधान पुनःस्थापना समिति कञ्चनपुरले २० परिवार मुक्त हलियालाई पुनःस्थापना गरेको
मुक्त हलिया पुनःस्थापन कार्यविधि २०७० गठन आदेश २०७१ अनुसारवर्गको परिचयपत्र पाएका घर जग्गा नभएकालाई प्राथमिकतामा राखेर पुनःस्थापन गरिएको हो

पुनःस्थापन गरिएका प्रत्येक परिवारलाई साढे आठ धुर अर्थात् १४४ वर्गमिटर जग्गा उपलब्ध गराइएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताउनुभयो  

सुडाको गाउँजीमा हलिया परिवारलाई पुनःस्थापन गराइएको उहाँले भन्नुभयो पुनःस्थापनमा पर्नेमा कृष्णपुरका दुई, देखतभूलीका एक, झलारीका पिपलाडीका दुई, सुडाका दुई भीमदत्त नगरपालिकाका सात परिवार रहेका छन्

पुनःस्थापन गरिएका परिवारलाई जग्गा चिनाउने जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य भइसकेको अध्यक्ष लुहारले बताउनुभयो वर्गको परिचयपत्र पाएका २० मुक्त हलिया परिवारलाई रु एक लाखका दरले घर मर्मतका लागि रकमसमेत प्रदान गरिएको जानकारी उहाँले दिनुभयो  

कञ्चनपुरमा प्रमाणीकरणमा परेका मुक्त हलिया परिवारको सङ्ख्या एक हजार ३३८ रहेकामध्ये ७७५ जनाले परिचयपत्र पाएका छन् रासस

No comments:

Post a Comment