दलितले मन्दिरमा प्रवेश गर्न नमिल्ने भन्दै १० जनाको समूहले कुटपिट


कालीकोट । ०७१ असोज २१ गते
जातीय विभेद गरेको आरोपमा भर्ता गाविस-६ का जसमल राम्जाली लगायत १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते उजुरी दर्ता भएको छ ।

भर्ता गाविस-६ स्थित कालिका मन्दिरमा प्रवेश गरेको आरोपमा आरोपितहरूले असोज २० गते कुटपिट गरेको उजुरीमा उल्लेख गरिएको छ ।

परम्परागत सँस्कृतिअनुसार दलितले मन्दिरमा प्रवेश गर्न नमिल्ने भन्दै जसमल राम्जाली लगायत १० जनाको समूहले कुटपिट गर्दा २० वर्षीय जगमल सुनार१६ वर्षीय अर्जुन विक र १६ वर्षीय विकास विक घाइते भएको पीडित जगमलले बताए । घाइतेहरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । आरोपितहरूलाई गिरफ्तार गरिएकाले अनुसन्धान गरी कारबाही गर्ने डीएसपी लक्ष्मण गुरुङले बताए ।

No comments:

Post a Comment