पैसा र जवानी लुट्ने धामी कृष्ण परियार गुल्मीबाट फरार

प्रेम सुनार, गुल्मी, २०७१ कात्तिक ४ । विभिन्न रोगहरु निको बनाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने र युवतीको जवानीसंग समेत खेलवाड गर्ने पाल्पाको एक धामी गुल्मीबाट फराए भएका छन् । पाल्पाको श्रदय–८ घर बताउने अन्दाजी २८ वर्षका कृष्ण परियार गुल्मी क्षेत्र नम्वर ३ मा हेरखोर (झार-फुक) गर्दा गर्दै फरार भएका हुन् । उनले त्यहाँका विभिन्न व्याक्तिहरुबाट लाखौ रुपैयाँ ठगेर त्यहाँकी एक युवतीलाई समेत विवाहको वाहना पारेर १५ दिन जती तम्घासमा राखेर अलपत्र छाडी फरार भएका छन् ।
गत असोज महिनामा गुल्मी क्षेत्र नम्वर ३ की विपना परियार ( नाम परिवर्तन ) लाई वाटैमा सिन्दुर राखी सदरमुकाम तम्घास ल्याएर डेरा गरी राखेका थिए । दशैंमा श्रीमती माईत गएको बेला यता उनकी श्रीमती विपनाले माईतीबाट लिएको ५० हजार भन्दा बढिको धनमाल, नगद सहित करिव डेढ लाख लिएर फरार भएको उनले बताईन् । विवाह गरेर ल्याएको १५ दिन नवित्दै आफुलाई ठगेर निज धामी फरार हुँदा आफु पीडित भएकोले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको उनले बताईन् ।
प्रहरी श्रोतले पनि निज धामीको खोज तलास गरी पाउँ भनि उजुरी परेको बताएको छ । निजले सुरुमा विपनाको पत्थरीको विमार निको पारी दिन्छु भन्दै उनकी आमा संग ३० हजार रुपैयाँ पनि लिई सकेको परिवारजनले बताएको छ । चुच्चो नाक कालो वर्ण भएका उनलाई देख्नु हुने महानुभावले प्रहरीमा सुचित गरी दिन उनिबाट पीडित भएका अन्य मानिसहरुले समेत आग्राह गरेका छन् । ठग धामीले कसैका छोरा छोरीहरु अव यति दिन भित्रमा मर्दैछन् भनेर झुटो भविष्यवाणी समेत गरेर ठग्ने गरेको खुलेको छ ।
निजले सदरमुकाम तम्घासमा व्यावसाय गर्ने शान्ता परियारकी छोरी हेरखोर नगरे केहि दिन भित्रमा मर्दैछन् भनेर परिवारलाई चिन्तित पादैं १६ हजार ५७ रुपैयाँ हेरखोरका लागि मागेर लगेको उनिहरुले बताए । निकै नजिकको सम्वन्ध राख्दै निजले उनिहरुसंग कोट पाईन्ट र फेरी उपचारका लागि भन्दै थप रकम समेत मागेर कुल ५० हजार ठगेर फरार भएका शान्ताले बताईन् ।
क्षेत्र नम्वर ३ को पुर्कोट, धुर्कोट लगायतका विभिन्न गाविसका विरामीहरुलाई निजले निको गराई दिन्छु भन्दै १० देखि ५० हजार सम्म प्रति विरामी रकम लिने गरेको उनकी श्रीमती विपना बताउछिन । ‘ पहिला मलाई थाह भएन’– विपनाले भनिन–‘आमा बुवासंग मेरो पत्थरीको विमार निको पारी दिन्छु भन्दै ढुक्क बनाएछ त्यस पछि उ घरमा आई रहन थाल्यो त्यहाँबाट विश्वास गर्न थालेकी हुँ । ’
कक्षा ९ मा अध्ययनरत उननलाई दिनदिनै स्कुल जाते आते गर्ने वाटो कुर्ने, माया प्रेमको ढोंग रच्ने गर्दा गर्दै विपनालाई विवाह गरी तम्घास ल्याएका थिए । सुरुमा आफु विश्वकर्माको छोरा भएको र घर पाल्पाको गैरागाउँ भनेर झुटो परिचय दिएको ठग धामी फरार भए पछि मात्र उनको वास्तविक नाम र ठेगना आफुहरुले् थाह पाएको विपनाले बताईन् । भर्खर १७ मा पाईला टेकेकी विपना अहिले सदरमुकाममा अलपत्र परेकी छन् । ग्रामिण समाजमा अझै पनि धामी झाँक्री प्रति विश्वास गर्नेहरु धेरै भएकोले निज परियार जस्ता धेरैले असम्भव विमार समेत निको बनाई दिन्छु भन्दै मोटो रकम असुल्ने गरेका छन् ।
सदरमुकामको एक होटलमा दुई वर्ष सम्म धामी झाँक्री गरेका अर्का त्यस्तै एक युवा धामी पनि महिलालाई हेरखोर गर्ने नाममा भित्र लगेर यौन सम्पर्क गर्न सुरु गरेको कुरा वाहिर आउन साथ फरार भएका छन् । निजले आफुले हेराउने अँध्यारो कोठामा लगेर पेट देखि तलको पुरै कपडा महिलालाई खोल्न लगाएर सुरुमा उनको गुप्ताङ्गामा मास चामल छर्किने गरेको ती महिलाले बताएकी छन् ।
उनले भनेकी थिईन्–‘ कम्मर दुख्ने विमारको झारफुक रातीमा मात्रै गर्नु पर्छ भनेर रातको दश वजे पछाडी गएँ , उसले भित्र लगेर नाङ्गै हुन लगायो , लाज हुने ठाउँमा मास चामल छरेर हेरखोर सुरु ग¥यो, सुम्सुमाउन पनि थाल्यो , एक छिन पछि मैले खटाउन सकिन भन्दै यौन सम्पर्कको प्रस्ताव राख्यो म उठेर वाहिर निस्कीएँ । ’ जुन कुरा वाहिर आए पछि निज धामी भागेका थिए । ती धामी भागेको ६ महिना नहुँदै फेरी अर्को धामी कृष्ण परियार विभिन्न व्यक्तिहरुको लाखौं ठग्दै र युवतीको जवानी संग खेल्दै फरार भएको छ ।

No comments:

Post a Comment