बालिका बलात्कार गरेको आरोपमा कर्णबहादुर दर्जी गिरफ्तार


मोरङ । ०७१ कात्तिक ३ गते
नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरपुर गाविस८ का ३७ वर्षीय कर्णबहादुर दर्जीलाई प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ ।

नौ वर्षीया एक बालिकालाई घरमा एक्लो भएको समयमा बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय बेलबारीमा परेपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर दुर्गा दाहालले बताए ।

इन्स्पेक्टर दाहालका अनुसार पीडित बालिकालाई स्वास्थ्य उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान थालिएको ।

No comments:

Post a Comment