मृगौला पीडित अर्जुन सुनारलाई नगद ३० हजार नेपाली रुपैया प्रदान

बालकृष्ण सुबेदी ,गल्कोट, २०७१ असोज १० । रोजगारीको सिलसिलामा यु ए ईमा कार्यरत गल्कोटे युवाले मृगौला पीडित अर्जुन सुनारलाई नगद ३० हजार नेपाली रुपैया प्रदान गरेका छन् ।
दुबै मृगौलाले काम नगरेपछी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत नरेठाँटी २ जस्पुरकाअर्जुन सुनारको उपचारको लागि युएईमा रहेको गल्कोट समाज यु ।ए।इ।ले आर्थिक संकलन गरेको थियो ।समाजका संयोजक निर्दोश खत्रीको संयोजकत्वमा उक्त रकम संकलन गरिएको थियो ।
युएईमा रहेको गल्कोटसमाजबाट ३० हजार रुपैयाँ कलाकार एंब संगीतकारश्रीकृष्णबम मल्ल मार्फतपीडित सुनारलाईहस्तान्तरण गरिएको छ । श्रीकृष्ण बम मल्लले सुनारलाई अस्पताल पुगेर सहयोग रकम हस्तान्तरण गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका थिए ।
सुनारको अपचारार्थ हाल सम्म बिभिन्न मुलुकमा रहेका नेपालीबाट दश लाख भन्दा बढि संकलन भईसकेको छ । छोराको उपचारमा गल्कोट लगाएत बिभिन्न ठाउँका दाजुभाई बाट निरन्तर सहयोग पाईरहदा आफु निकै खुसि भएको उनकी आमा मयाँ सुनारले बताएकी छन् । उता गलकोट समाज जापानले उनको नाममा चन्दा बोल भएको रकम संकलन कार्य तिब्र पारिएको महासचिव भवानी पन्तले बताए ।

No comments:

Post a Comment