दलित मुक्ति मोर्चाको २२ दलीय मोर्चाको कार्यक्रमप्रति ऐक्यबद्धता

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, ३१ असोज ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले २२ दलीय मोर्चाको कार्यक्रमप्रति ऐक्यबद्धता जनाएको छ । मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले आज विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाउनुभएको हो ।
“१० वर्षे जनयुद्ध, १९ दिने जन आन्दोलन, मधेश आन्दोलनको समेत उत्कर्षबाट प्राप्त महान उपलब्धीहरु राजतन्त्रको अन्त्यपछि देशमा स्थापित लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीताको रक्षा गर्दै १२ बुँदे समझदारी, वृहत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ को भावना र मर्म अनुसार देशमा सहमतिको राजनीति बाटै पहिचान सहितको संघियता, संघीयता सहितको संविधान र संविधान सभाबाटै संविधानको पक्षमा २२ दलीय मोर्चा लागि पर्नु निकै नै सकारात्मक कदम हो” विज्ञप्तीमा भनिएको छ, “दलित, महिला, मधेशी, आदिवासी÷जनजाती, थारु, सिमान्तकृत समुदाय समेतको अधिकार सुनिश्चतता र मुक्तिको पक्षमा संयुक्त संघर्षको घोषणा गरेको र उठाइएका मुद्दाहरु सैद्दान्तिक रुपले सही भएकोले २२ दलीय मोर्चाको कार्यक्रमप्रति हाम्रो ऐक्यबद्दता छ ।”
२२ दलीय मोर्चाले राष्ट्रिय सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने भन्दै दबाब स्वरुप सडक संघर्ष गरिरहेको छ ।

No comments:

Post a Comment