उपचार अभावमा मोतीमाया विकको विजोग

०७१ कात्तिक ३ गते, उदयपुर । 
'सम्पतिमा सवैको हाइहाइविपत्तिमा कोही छैनन् दाजुभाइ। रेडियोमा घन्कने यो गीत मोतिमायाको जीवनमा वास्तविकता बनेको छ । आफू स्वस्थ्य रहँदा आफ्नै पाखुरी बजाएर जीविकोपाजर्न गर्दै आएकी रौता गाविस-९ खमारेकी मोतीमाया विक बिरामी भएर थलिएपछि कसैले नहेर्दा उनी बिचल्लीमा परेकी हुन् ।

उपचार गर्ने रकम र आफन्त सर्म्पर्कमा नआउँदा मोतिमाया जिल्ला अस्पताल उदयपुरमा बेवारिसे बनेकी छन् । विकलाई एक हप्ताअगाडि गाउँलेको सहयोगमा जिल्ला अस्पताल उदयपुर पुर्‍याए पनि थप उपचारका लागि अन्यत्र लैजाने कोही आफन्त नहुँदा उनी जिल्ला अस्पतालमै बेवारिसे बनेकी हुन् ।

सहयोगका लागि परिवार तथा आफन्त कोही नआएकाले उनी जिल्ला अस्पतालबाट एकसाता अघि नै रेफर भएपनि थप उपचारका लागि बाहिर लैजाने कोही निस्केका छ्रैनन् । जसले गर्दा उनी बेवारिसेजस्तै भएर उपचार गरिदिने सहयोगीको आशामा छटपटिरहेकी छन् ।

जिल्ला अस्पतालले आफ्नो तर्फबाट गर्ने सेवा पूरा गरेपनि थप उपचारका लागि बाहिर नलैजाँदा रेखदेख भने गरिरहेको छ । रेखदेखको क्रममा एकातिर बिरामीको अवस्था जटिल बन्दै गएको छ भने अर्कातिर रेखदेखमा समस्या परिरहेको छ । दिशापिसाव्ब सुतेकै ठाउँमा गर्नुपर्ने भएकोले त्यसको दुर्गन्धले अन्य बिरामीहरूलाई कठिनाइ भएको छ । उनको उपचारका लागि सङ्घसंस्थामहिला विकास कार्यालयमा सर्म्पर्क गरेर उपचार सहयोगका लागि आह्वान गर्दा पनि कसैले चासो नदिएको अस्पतालमा डिउटी खटिएका प्रहरी हवल्दार सुरेन्द्र लम्सालले बताए ।

राज्यले गरिब नागरिकलाई निःशुल्क उपचारको नीति अवलम्बन गरेपनि उक्त सेवा पाउन नसकेकी उनी उपचार पाएर बाँच्न चाहन्छिन् । २५ दिनअघि घरनजिक लडेर दाहिने खुट्टाको हीप ज्वाईन्ट भाँचिएर थलिएकी हुन् । खुट्टाको हीप विशेष अप्रेशन गरेर स्टिल लगाउनुपर्ने भएकोले जिल्ला अस्पतालले तत्काल रेफर गरेका अस्पतालका सिनियर अहेव इन्द्रनारायण चौधरीले बताए । समयमा उपचार नभए गम्भीर अवस्था हुन सक्ने सम्भावना रहेको अहेव चौधरीले बताए ।

No comments:

Post a Comment