भारतको बाटो हुँदै साउदी अरब गएका कृष्ण विक सम्पर्क विहिन

काठमाडौं,  असोज १४ - काम गर्नका लागि विदेश गएका नवलपरासी चिसापानीका कृष्ण विक सम्पर्क विहिन हुनु भएको छ । पाँच वर्षअघि भारतको बाटो हुँदै साउदी अरब पुग्नुभएका कृष्ण विक ११ महिनादेखि सम्पर्क विहिन हुनुभएको हो ।
चार वर्षसम्म परिवारसँग निरन्तर सम्पर्कमा रहुनुभएका उहाँको अवस्था थाहा नहुँदा अहिले परिवार चिन्तित भएका छन् ।
कृष्णको खोजीका लागि प्रवासी नेपाली समन्वय समिति पिएनसिसि मार्फत त्यहाँको राजदुतावास साथै कन्सुलर विभाग लगायत अन्तराष्ट्रिय रेडक्रस संस्थामा पनि खबर पठाइएको छ । 
उहाँको खोजी कार्यका लागि आफ्नो तर्फबाट पहल गरिरहेको परियोजनाका जिल्ला संयोजक उमा पौडेलले बताउनुभयो । नेपाल सरकारबाट श्रम स्वीकृति नलिर्इ वैदेशिक रोजगारीमा गएकाले पनि विदेशमा हराएका र मृत्यु भएकाको अवस्था खोजी कार्यका लागि कठिन भएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment