पाँचथरका एक युवाको साउदी अरेबीयामा मृत्यु

२२ असोज, पाँचथर । वैदेशिक रोजगारीमा गएका पाँचथरका एक युवाको साउदी अरेबीयामा मृत्यु भएको छ । पाँचथर पञ्चमी ९ का २९ वर्षका टीका रसाइलीको सोमबार बेलुका सुतेकै अवस्थामा ज्यान गएको हो ।

साउदीको सहुद अल अब्बाद कन्ट्रयाक्टरिङ कम्पनीमा कार्यरत उनलाई साथीहरुले मृत अवस्थामा फेला पारेका थिए ।

मृतक रसाइलीको शवलाई नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु भएको कारण भने खुल्न सकेको छैन् । रासस

No comments:

Post a Comment