मुटुरोगी दर्जीको उपचारका लागि आर्थिक सहयोग

म्याग्दी, ३१ असोज । जिल्लाको पात्लेखेत–५ की मुटुरोगी पार्वती दर्जीको उपचारका लागि बिहीबार रु एक लाख २९ हजार नगद सहयोग प्राप्त भएको छ । बेनीबजारका व्यवसायी र समाजसेवीले आर्थिक अभावमा दर्जीको उपचारमा समस्या भएपछि सहयोग उपलब्ध गराएको हो ।परिवारको कमजोर आर्थिक कारण मुटुरोगको उपचार गर्न नसकेकी दर्जीलाई थप सहयोग जुटाउन अभियान पनि सुरु गरिएको अभियानका संयोजक राजेश शाक्यले जानकारी दिनुभयो । दर्जीलाई अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसी, व्यवसायी नारायण जिसि, जीवनकुमार विश्वकर्मा, राजेश शाक्य र रामकृष्ण बराइलीलगायतबाट सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि मुटुरोगबाट पीडित दर्जीको तीनवटा भल्ब परिवर्तन र शल्यक्रिया गर्न रु आठ लाख आवश्यक पर्ने परिवारले जनाएको छ ।

No comments:

Post a Comment