जातीय छुवाछुत तथा भेदभाव अन्त्यको लागि सामुहिक अभियान संचालन


बागलुङ, ६ असोज/जातीय छुवाछुत तथा भेदभाव अन्त्यको लागि सामुहिक अभियान संचालन गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
विश्वकर्मा समाज बागलुङले दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत र विभेदको कार्य प्रकृती फेरिए पनि विभेद कायमै रहेको बताएका थिए । जातीय छुवाछुत विरुद्ध राज्य गम्भिर भएर नलागेको बताउँदै अधिकारकर्मीहरुले जातीय छुवाछुत र विभेद अन्त्यका लागि राज्यले प्याकेज कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका पूर्वसदस्य गोविन्द नेपाली, धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डम्मर विक, अधिवक्ता यामबादुर चर्मकार, मुक्ति समाजका धनबहादर परियार, मुक्ति मोर्चाका डिलबहादुर परियार, दलित संघका रविलाल विक, महेन्द्र विक, रामप्रसाद विक, उत्पीडित दलित समुदायको संजालकी अध्यक्ष टिका कुमारी विक, समाजका कानुनी सल्लाहकार मनकाजी विक लगायतले बोलेका थिए । कार्यक्रम विश्वकर्मा समाजका अध्यक्ष ओमबहादुर विकको अध्यक्षता, धनकाजी विश्वकर्माको स्वागत र परशुराम विकको सचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment