छाक टार्न साहुको भर पर्ने बाध्यता

साहुको खेतमा हलो जोत्दै थकित अवस्थामा बाजुरा बाँधु गाविस
 पीपलडालीका मुक्त हलिया हरिचन्द्र लोहार । तस्बिर : अर्जुन/ईकान्तिपुर

बाजुरा, भाद्र २० - 
बाँधु गाविस पीपलडालीका धनलाल लोहारले काम गर्न नसकेको दिन परिवारको छाक टर्दैन शारीरिक रूपमा अशक्त धनलालले परिवारको छाक टार्न साहुको भर पर्ने बाध्यता आफू अशक्त भएपछि साहुको काममा १० वर्षीय छोरा देवेन्द्रलाई लगाउँछन् सरकारले मुक्त घोषणा गरेको वर्ष बित्दा पनि लोहारलगायत जिल्लाका मुक्त हलिया परिवारको दैनिकी झन् कष्टकर बन्दै गएको  

तीन पुस्ता साहुको हलो जोतेका जयमल लोहारको परिवार वर्षअघि जिल्लामै पहिलो मुक्त हलिया परिवारको परिचयपत्र चर्चा पाउँदा निकै खुसी भएको थियो अहिले उनीहरूमा त्यो खुसी छैन 'नाम मात्रैको मुक्ति भयो, सास्ती हटेन,' जयमलले भने, 'हाम्रो पीडा कसैले नसुनिदिने भयो ' पुनस्र्थापना माग गर्दै जिल्ला हलिया मुक्ति समाजका अगुवासँग पटकपटक जिल्ला प्रशासनमा धर्नामा बस्दा पनि आफूहरूलाई सरकारले वास्ता नगरेको उनीहरूको गुनासो धेरै मुक्त हलिया घोषणापछि घर घाटको अवस्थामा पुगेको उनीहरू बताउँछन् बाँधु पीपलडालीका जयमल हलिया हुँदा साहुको हलो जोतेबापत धेरथोर अन्नपात पाउँथे त्यसैबाट साँझबिहान टार्थे 'मुक्तिसँगै हलो जोत्ने काम पनि छुट्यो अन्न आउने बाटो पनि बन्द हुँदा बिचल्लीमा पर्यौं,' जयमलले भने उनको परिवार तीन पुस्तादेखि स्थानीय धु्रव कार्कीको हलिया बस्दै आएको थियो  

'मुक्ति घोषणापछि घरजहान पाल्नै धौधौ भएको ,' मुक्तिसँगै साहुको ऋण मिनाहा भएपछि गाउँ छोडेर सदरमुकाम बस्दै आएका रंगी विककी श्रीमती औलाले भनिन्, 'गाउँमा पालोपंैचो गरेर छाक टथ्र्याे, अहिले काम नपाएको दिन भोकै बस्छौं ' मुक्त घोषणापछि जिल्लाका सबैजसो हलिया परिवार पुनस्र्थापना माग गरिरहेका छन् अधिकांश परिवारले भने अझै साहुको हलो जोत्न छाडेका छैनन् 'सरकारले पुनस्र्थापना नगरेसम्म साहुको हलो जोतेरै गुजारा चलाउँछु,' साप्पाटाको रुडी गाउँका देवे दमाईले साहुको हलो जोत्न नछाडेको बताए साहुबाट ऋण लिएबापत उनीहरूको जग्गाजमिन जोत्नेलगायत काम गर्नुपर्ने बाध्यात्मक अवस्था हलिया परम्परा हो हलिया समुदायका अगुवाकै दबाबमा दुई वर्षदेखि लगत लिएर परिचयपत्र वितरण सुरु गरेको मुक्त हलिया पुनस्र्थापना कार्यदलले अहिलेसम्म ११ गाविसमा हजार सय ७६ परिवारलाई प्रमाणीकरण गरेको कार्यदलका सदस्यसचिव जिल्ला मालपोतका खरिदार रमेश शाहका अनुसार अहिलेसम्म सय ७६ परिवारलाई परिचयपत्र वितरण गरिएको  



No comments:

Post a Comment