सामान्य विवादबाट सुरु भएको झगडा बलात्कारको आरोप प्रत्यारोपसम्म

असोज, काठमाडौं झगडाका लागि ठूलो कुरा चाँहिदैन, एउटा झिँगाले पनि विश्वयुद्ध मच्चाइदिन सक्छ जाजरकोटको खलंगामा यस्तै भएको अलिकति पानीका निहुँमा भएको झगडा तेजाब बलात्कारसम्म पुगेको
जाजरकोटका खलंगामा एक युवकले अर्को चिनेका व्यक्तिको मोटरसाइकलको तेल हाल्ने ट्यांकीमा पानी हालिदिए यही निहुँमा भएको विवादपछि एक व्यक्तिको शरीरमा तेजाब खन्याइयो तेजाबले जलेका व्यक्तिको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेकै बेला रुकुमकी एक युवतीलाई प्रयोग गरेर बलात्कारको अर्को नाटक रचना गरियो
सम्झँदा दन्ते कथाजस्तो लाग्ने यो घटना जाजरकोटको खलंगा - स्थित स्याँला भन्ने ठाउँको हो एक युवतीले आफू बलात्कृत भएको भन्दै एक निर्दोष पुरुषलाई आरोप लगाइन् आरोपित तिलक सुनार तीन दिन प्रहरी थुनामा बसे तर, आरोप गलत सावित भएपछि उनी छुटे
सामान्य विवादबाट सुरु भएको यो झगडा बलात्कारको आरोप प्रत्यारोपसम्म पुगेको हो प्रहरीका अनुसार झण्डै एक महिना पहिले अर्जुन सुनार, शिव सुनार जगत सुनारबीच सामान्य विवाद भएको थियो
मोटरसाइलकमा पानी हालेर अब यसको बाइक चल्दैन भनेपछि विवाद सुरु भएको एक प्रहरी अधिकारीले भने  तिलकले सुरुमा आफूसँग नभई सुन पसले शिव उनीकहाँ काम गर्ने अर्जुनबीच विवाद भएको बताए उनका अनुसार मोटरसाइकलमा पानी हालेको विषयमा शिव, अर्जुन जगतबीच विवाद भएको थियो
पानीको विवाद प्रहरीले मिलायो
मोटर साइकलमा पानी हालेपछि चर्केको झगडा प्रहरीले मिलाएर आइन्दा झगडा नगर्नु भन्दै पठायो तर, त्यसको केही समयपछि सुन पसले जगत सुनारमाथि तेजाव आक्रमण भयो
जगतलाई तत्काल उद्धार गरी काठमाडौं ल्याइएयो उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको  तेजाव हालेको आरोपमा अर्जुन सुनार पूर्पक्षका लागि थुनामा छन् सोही आरोपमा थुनिएका तिलक साधारण तारेखमा छुटे तेजाब खन्याइएका जगत तारेखमा छुटेका तिलक नाताले काका-भतिज हुन्
युवतीको प्रयोग बलात्कारको नाटक
तेजाव आक्रमणमा तिलक समेत मुख्य योजनाकार भएको भन्दै प्रतिशोध साँध्न अर्को समूहले एक युवतीलाई परिचालन गर्यो ती युवतीले आफूमाथि तिलकले बलात्कार गरेको आरोप लगाइन् तर, सो आरोप प्रमाणित भएन
बलात्कारको नाटक गर्ने योजना शिव, रविन सुनारसहितको समूहले बनाएको तिलकको आरोप मेरो इज्जतमा दाग लगाउने काम भयोउनले भनेका छन् जाजरकोट प्रहरीले पनि तिलक निर्दोष रहेको पुष्टि गरेको
प्रहरीका अनुसार रुकुमकी १८ वर्षीय युवतीलाई एक लाख दिन्छु भनेर उनीहरुले बोलाए घुम्न आएको तर, पैसा हराएको भन्दै तिलक ज्वेलर्समा सुन धितोमा राखेर होटलको व्यवस्था गरिदिन उनले आग्रह गरिन् योजना अनुसार नै राति तिलकलाई बोलाइयो तर, उनी नआएपछि युवतीले बलात्कारको आरोप लगाइन् गस्ती प्रहरीले भेटाएपछि युवतीले तिलकविरुद्ध बलात्कारको उजुरी हालिन्
फेरि मिलापत्र
प्रहरी छानविनका क्रममा आरोप झुटो भएको खुलेको डीएसपी दिनेश मैनालीले अनलाइनखबरलाई बताए यो झगडाको श्रृखला नै रहेछ, अहिले बलात्कारको आरोप झूटो भन्ने खुलेपछि नगरिक समाजसहितको पहलमा फेरि मिलापत्र गराइएको डीएसपी मैनालीले अनलाइनखबरसँग भने
कता जाँदैछ हाम्रो समाज ?
जाजरकोटोको यो घटनाले नेपाली समाज विश्रृंखलित अनैतिक बन्दै जान थालेको संकेत दिन्छ सामान्य विवाद झगडा परिवारमासमेत हुने गर्छन्, जुन समान्य हो
तर त्यस्ता सामान्य विवादलाई आपसी समझदारीमा समाधान गर्ने गाउँ समाजमा एकता कायम गर्ने भन्दा पनि प्रतिशोध साँध्ने नाममा तेजाब खन्याउने बलात्कारको अभियोगसम्म लगाउने परिपाटीले नेपाली समाजको नैतिक स्खलन स्पष्ट पारेको ।त्यसैगरी पैसाको प्रलोभनमा बलात्कृत भएको अभिनय गर्ने चरित्र पनि जाजरकोट घटनाले उजागर गरेको




No comments:

Post a Comment