पृष्ठभुमि :
मोफसलको पत्रकारितामा दाङको अवस्थालाई सन्तोषजनक मानिन्छ । जिल्लामा सञ्चारमाध्यमको विकास र यसको विस्तार तीब्र गतिमा भइरहेको छ । दाङमा करिव १५ वर्षयताको समयलाई नियाल्ने हो भने सञ्चारको विकासले कायापलट भएको छ । अहिले एक दर्जन बढी एफ.एम. रेडियो, आधादर्जन दैनिक पत्रिका त्यतिकै मात्रामा साप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक र अर्ध
वार्षिक पत्रपत्रिकाहरु निरन्तर प्रकाशित भइरहेका छन् । विभिन्न समस्याका बाबजुत पनि जिल्लामा सञ्चारमाध्यमहरुले आफ्नो धर्म छोडेका छैनन् । सामाजिक विकासमा सञ्चार माध्यमको भुमिका महत्वपूर्ण रहेको अवगत भएकै कारण यसको विकास र विस्तारमा सकारात्मकता देखिएको छ । देशमा जारी आमुल परिवर्तनको श्रृङ्खलासँंगै सञ्चार माध्यमको भुमिकालाई अतुलतिय मानिदै आएको छ । सामाजिक विकास र परिवर्तनको सम्वाहकका रुपमा सञ्चार माध्यम हो ।
जिल्लामा सञ्चालित सञ्चार माध्यममा करिव दुई दर्जन बढी दलित समुदायका व्यक्तिहरुले काम गर्छन् । कोही पत्रकारिता गर्छन् भने कोही प्रेसका विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । केही वर्षयता जिल्लाको सञ्चार माध्यममा दलित समुदायका व्यक्तिहरुको आकर्षण देखिन्छ । नेपाल पत्रकार महासंघमा अहिले ६ जना दलित समुदायका पत्रकारहरु छन् । त्यसमध्ये जिल्लामा आधा क्रियाशील छन् । तर, विभिन्न मिडियामा आबद्ध भई काम गरिरहेका र क्रियाशील दलित समुदायका पत्रकारहरु धेरै छन् । दलित समुदायका पत्रकारहरु एकताबद्ध भइ दलितका मुद्दाहरु उठान, प्रसारण र प्रकाशनका विषयमा सक्रिय हुने उद्देश्यका साथ जिल्लाका दलित पत्रकार संघ गठन भएको छ । तर, विविध कारणले त्यो पछिल्लो समयमा क्रियाशील हुन सकेको छैन । तर, पनि दलित समुदायका पत्रकारहरुले पत्रकारितालाई निरन्तरता दिइरहेका छन्, भने विगतका तुलनामा दलितका मुद्दाहरु सञ्चार माध्यममा आइरहेका छन् ।
वर्तमान अवस्था ः
यतिबेला रुपान्तरणको सिलसिलालाई जोड्ने हो भने सोचे अनुरुपको दलित सवालका विषयहरु प्रकाशन र प्रसारणमा न्यून छन् । यस विषयमा सम्बद्ध सरोकारवाला पक्षहरु सशक्त जिम्मेवार नै छन् । सञ्चार माध्यममा दलित आवाजलाई पर्याप्त मात्रामा समेट्न नसकिरहेको अवस्था छ । जनआन्दोलन दोस्रोपछि देशमा राजनीतिक, सामाजिक र बैचारिक विकासले तीब्र रुप लिएको छ । त्यसो त हामीले विकासको नाममा भौतिक विकासलाई मात्र प्रधान ठान्छांै । यद्यपी विकासको सर्वमान्य परिभाषाले त्यसलाई मात्र विकास मान्दैन । विकास हुनका लागि मानवीय साेंच र विचारको पनि विकास हुन आवस्यक छ भनिन्छ । जबसम्म मानवीय सकारात्मक सोचको विकास हुँदैन, तबसम्म त्यस क्षेत्रको विकास सम्भव मानिदैन । त्यसैले हाम्रो समाजमा कलंकका रुपमा विद्यमान जातीय विभेदको विषयमा समाज अझै अज्ञात बन्न खोजिरहेको महसुस हुन्छ । राष्ट्रियस्तरदेखि स्थानीय स्तरसम्म हुने गरेका जातीय विभेदका सवाल एकपक्षीय छन् । त्यस कारण आजसम्म हामीले विकासको नाममा भौतीक विकासलाई मात्र प्राथमिकता दिँदै आयांै । तर, अब मानवीय सकारात्मक सोचको विकासलाई प्राथमिकता दिन आवस्यक रहेको छ । जातीय विभेदका सवालमा हँुदै आएका अमानवीय घटनाहरु त्यही कुसोच र कुसंस्कारकै कारण हुने गरेका छन् ।
दाङकै सन्दर्भलाई हेर्ने हो भने पनि विभिन्न समयमा विभिन्न जातीय विभेदका घटनाहरु भइरहेको पाइन्छ । दाङका पहाडी गाविस तथा ग्रामीण भेगतिर जातीय विभेदका घटनाहरु हुने गरेपनि त्यस्ता घटनाहरु सञ्चार माध्यमसम्म आई पुग्दैनन् । एउटा नेताले के भन्यो भन्ने कुरालाई फ्रन्ट पेजको समाचार बनाएर जातकै आधारमा मान्छेले मान्छेलाई गरेको अमानवीय व्यवहारको विषयलाई समाचार नमान्ने प्रवृत्ति दाङमा छन् । जातीय विभेदका घटनाका सवालमा आवाज उठाउने काम एनजियो÷आइएनजियोको काम हो भन्ने सोचका कारण जातीय विभेदका विषय ओझेलमा छन् । एउटा कुरा के पनि हो भने नेपालमा जातीय विभेदका घटनामा गैरसरकारी संस्थाले ध्यान दिँदैनथे भने अहिले पनि १९ औ शताब्दीकै अवस्था हुने थियो ।
त्यसकारण जातीय विभेदका विषयमा सशक्त आवाज एनजियो ÷आइएनजियोले उठाएकै छ । पछिल्लो समयमा उठिरहेको पहिचानको विषयका परिचित दलित र गैर दलित बीचको खाडलले पनि यो समस्या समाधानका लागि बाटो खोलेको छैन । केही पत्रिका र रेडियो बाहेकका सञ्चार माध्यमले दलित समुदाय र उसको समस्यालाई खासै सम्बोधन गरेको पाइदैन । केही पत्रिका र रेडियोले दलित समुदायसँंग सबन्धित कार्यक्रम र विचारहरु प्रकाशन र प्रसारण गरेपनि धेरै जसोले त्यसलाई ध्यान दिएका छैनन् ।
चुनौतीहरु ः
त्यसो त पत्रकारितामा टिकेर काम गर्नु आफैमा चुनौतीपूर्ण छ । त्यो चाहे दलित होस्, चाहे जनजाति, क्षेत्री वा ब्राह्मण । तर, अन्य समुदाय भन्दा दलित समुदायको एउटा व्यक्तिले पत्रकारिता गरेर समाज रुपान्तरणमा टेवा पु¥याउँछु भन्नु आफैमा चुनौतीपूर्ण छ । त्यत्रि मात्र हैन । मिडियासम्मको पहँुच नभएका कारण दलित समुदायका व्यक्तिहरु सञ्चार माध्यममा आउन सकेका छैनन् । जति आएका छन्, उनीहरु निर्णायक तहमा आउँदैनन् । अभावमा बाँचिरहेका दलित समुदायले न्यून पारिश्रमिकमा कडा काम गर्न सकिने स्थिति छैन । जसलाई बुँदागत रुपमा यसरी देखाउन सकिन्छ ः
पँहुच नभएका कारण दलित समुदायका व्यक्तिहरु सञ्चारमाध्यममा काम गर्न पाउँदैनन् भने दलितका मुद्दाहरु कमै सम्बोधान हुन्छन् ।
पर्याप्त शिक्षाबाट बञ्चित दलित समुदायले सञ्चार माध्यममा काम गर्न समस्या छ ।
गरिबीका कारण बिहान बेलुका खान लगाउन समस्यामा रहेका दलितहरु यो क्षेत्रसम्म आउनु भनेको अत्यन्तै ठूलो कुरा हो ।
सञ्चालित सञ्चार माध्यमले कर्मचारीहरुलाई न्युन पारिश्रमिक दिएर काममा लगाउने गरेका कारण उनीहरुको न्यूनतम आवस्यकता पुरा नभई यो क्षेत्रबाट पलायन हुने गरेका छन् ।
दलित समुदायका व्यक्तिहरु सञ्चार माध्यममा आबद्ध भएपनि उनीहरु निर्णायक तहमा नभई आरजे, रिपोर्टर जस्ता तल्लो तहमा काम गर्न बाध्य छन् । निर्णायक तहमा काम गर्नका लागि आवस्यक योग्यता दलितसँंग छैन ।
जिल्लामा कुनै पनि सञ्चार माध्यममा दलितमैत्री नीति व्यवस्था गरिएको छैन । कुनै पनि विषयका मुद्दाहरु सम्बोधन, उठान, प्रकाशन र प्रशारणको मापदण्ड छैन ।दलित समुदायका पत्रकारहरुका लागि जिल्लामा बसेर आफ्नो समुदायका मुद्दाहरु कसरी उठाउने विषयमा पर्याप्त तालिम, सेमिनार, छलफल गोष्ठी उपलब्ध छैनन् ।
दलित समुदायका पत्रकारहरुलाई एनजिओ÷आइएनजिओमा बाँध्न खोज्नुले पनि दलितका मुद्दाहरु उठ्न सकेका छैनन् । भने दलितसँंग सम्बन्धित संस्था तथा कार्यालयहरुको खासै सहयोग हँुदैन ।
आगामी मार्ग ः
दाङमा अब जातीय विभेदका सवालमा सञ्चार माध्यमले सोच परिवर्तन गर्ने विषयलाई पनि जोड दिनुपर्छ । अबको हाम्रो मिडिया मिसन मानवीय सकारात्मक सोचको विकासमा केन्द्रित हुन आवस्यक छ । समाजमा ब्याप्त जातीय विभेद सम्बन्धी सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमले मात्र गर्न सक्छ । सञ्चार माध्यमले योजनाबद्ध रुपमा अगाडि बढेको देखिएको पाइदैन यस विषयमा । सामाजिक विकासक्रमलाई नियाल्ने हो भने पनि नेपाली समाज यहाँसम्म आइपुग्न धेरै कालखण्डहरु पार गरेको छ । तमाम कालखण्डहरु पार गर्ने सम्बन्धमा प्रचार गरिएका कु–संस्कार र मान्छेले मान्छेलाई मान्छे नसोच्ने प्रवृत्ति अझै कायम छ समाजमा । हिजोको जस्तो क्रुर अवस्था आजभोलि नभए पनि त्यसको अवशेषले गर्दा समग्र विकासमा बाधा उत्पन्न गरिएको राज्यले महसुस गरेको छ ।
सामाजिक समुन्नत विकासमा सञ्चारको भुमिका छ यद्यपी त्यसलाई सशक्त रुपमा अगाडि बढाउन नसकिरहेको अवस्था जिल्लामा छ । त्यसो त खोजी तथा विकास पत्रकारिताको सिद्धान्त अनुरुप यस्ता विभेदका विषय र ग्रस्त समस्याहरु सञ्चार माध्यममा पहँुचको दृष्टिले सन्तोषजनक छैन र विविध कारणले सञ्चार प्रतिनिधि दलित बस्ती वा समस्या ग्रस्त स्थलमा पुग्ने व्यवस्था पनि छैन । दलितले भोग्दै आएको यो विषय कुनै नयाँ हैन पुरानो नै हो र सञ्चार माध्यम सधँै नयाँ विषयको खोजी गर्ने भएकाले पनि यस्तो हुनसकेको देखिन्छ । पछिल्लो समयमा जिल्लामा अन्तर्जातीय विवाहको समस्या प्रमुख छ । यसरी स्थानीय पत्रिकाले दलितका सवालहरुलाई पर्याप्त मात्रमा स्थान दिनसकेको छैन भने जिल्ला र यस आसपासलाई क्षेत्र बनाएर सञ्चालित रेडियोहरुले पनि दलित सम्बन्धी कार्यक्रम नबजाएको पाइएको छ । विविध कारणले यस विषय ध्यान दिन नसकिरहेको पाइएको छ । जिल्लामा दलित पत्रकार संघ स्थापना भएको लामो समय भइसक्दा पनि कुनै उल्लेख्य काम गर्न नसकिरहेको प्रतित छ । दलित पत्रकारहरुको अभाव र गैर दलितले दलितका सवालमा चासो नदिँदा समस्या उस्तै छन् । चेतना, शिक्षा र आर्थिक व्यवस्थामा कमजोर मानिएका दलितहरु पारिश्रमिककै कारण पत्रकारितामा टिक्न सकिरहेका छैनन् । दलितका सवाल लेखेर र बोलेर जिल्लामा बाँच्न सकिने अवस्था छैन । एउटा बाध्यताको बीचबाट दलित पत्रकारिता सञ्चार भइरहेको छ ।
दलित समुदायका केही विशिष्ट व्यक्तिहरु पनि सञ्चारको क्षेत्रमा आउनसकेका छैनन् । दलित समुदायको क्षेत्रमा हँुदै आएका कामहरुको बारेमा अन्य दलित तथा गैरदलित अनविज्ञ छन् । दलितहरुले सञ्चारका माध्यमहरुको प्रयोग गर्नसकेका छैनन् । उनीहरु त्यो जान्दैनन् । अब सञ्चारको प्रयोग भन्नाले रेडियो पत्रपत्रिका सुन्नु र पढ्नुमा मात्र सीमित सोच हैन । वर्तमान परिप्रेक्षलाई नियाल्ने हो भने दलित समुदायका विषयहरुलाई उठान गर्न दलित समुदायका पत्रकारहरु मात्र हुनुपर्छ भन्ने होइन । गैरदलित समुदायलाई पनि दलित समुदायका मुद्दाहरुलाई आम समुदायका विषय हुन् भन्ने बनाउनका लागि अब सम्पूर्ण निकाय लाग्नुपर्छ ।
No comments:
Post a Comment