धनगढीमा धारा छोएको भन्दै कुटपिट गर्नेविरुद्ध प्रहरीमा उजुरी

कैलाली  ०७१ भदौ ३० गते
धनगढी नपा-१२ जुगेडाकी ४० वर्षीया लक्ष्मीदेवी नेपालीले आफूलाई धारा छोएको आरोपमा कुटपिट गर्ने सोही ठाउकी ३५ वर्षीया सुशीला सिंहकाविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयकैलालीमा किटानी जाहेरी दिएकी छन् ।

स्थानीय सिंहनाथ सामुदायिक वनबाट भदौ २९ गते घाँस काटेर फर्कने क्रममा बाटो छेउमा पर्ने आरोपित सिंहको धारामा पानी खाएर फर्केने क्रममा एक्कासि डुमुनीले धाराको छोएको भन्दै कुटपिट गरेको पीडितले बताइन् ।


आरोपित विरुद्धमा जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय,कैलालीका सई हरजितसिंह धामीले जानकारी दिए ।  पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छैन् ।

No comments:

Post a Comment