गालीगलौज र छुवाछुतको दुर्व्यबहार गर्ने मिलापत्र गराई छोडीए

डोल्पा ०७१ असोज गते
जुफाल गाविस-९ मोतिपुर घरभई सप्रोस नेपालमा कार्यालय सहयोगी २६ वर्षीया सबिना नेपालीले गाली गलौज र छुवाछुतको दुर्व्यबहार गरेको आरोपमा काईगाउँ गाविस-८ थापा गाउँका ५२ वर्षीय मन्दिर थापालाई जिल्ला प्रहरी कार्यालयमा असोज ६ गते उजुरी दिएकोमा प्रहरीले आरोपितलाई चार घण्टा हिरासत राखी कागज गराएर रिहा गरिएको छ ।

आरोपितले कार्यालय सरसफाई गरिरहेकी सबिनालाई एक्कासी पानी छ्यापेर र गालीगलौज र छुवाछुतको दर्ुर्व्यवहार गरेको पीडितले निवेदन उल्लेख गरेकी छन् ।


आरोपित मन्दीर थापाले अब आइन्दा घटना नदोहोर्याउने र छुवाछुतको दुर्व्यवहार पनि नगर्ने  भनी प्रहरी समक्ष कागज गरे पछि दुवै पक्षलाई मिलापत्र गराई छोडी दिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अर्सइ जमुना कुमारी बोहराले बताईन् ।

No comments:

Post a Comment