दलित वालवालिकाहरु पढाई छाडेर जोखिम काम गर्दै

लहान, भदौ १८ गते   नजिकै रहेको विद्यालयमा पढन नगएर दिन भरि कवाडी बस्तुहरु संकलन गर्न व्यस्त रहेका छन लहानका दलित वालवालिकाहरु एक विहानैदेखि वेलुकासम्म खोपनी वोतल शिशी टिना संकलन गरेर लहान स्थित कवाडी केन्द्रहरुमा विक्री गरेर दिनको दुई सय देखि पाँच सय कमाउने गरेका दलित वालवालिकाहरु पटक्कै विद्यालय जादैन
दलित वालवालिकाहरु मात्रै पढने सामुदायिक विद्यालयमा दलित वालवालिकाहरु नै पढन नआएपछि कसलाई पढाउने चिन्ता शिक्षकहरुले पनि जाहेर गर्न थालेका छन  
 महदेवा पोर्ताका शिक्षक राज देव यादव भन्नुहुन्छदलित छात्रवृत्ति पाठयपुस्तक लिने वेलामा विधार्थीहरु कक्षा भरि नै भरिएका हुन्छन तर अन्य समयमा नियमित विधार्थीहरु नआँउदा पढाई लेखाई नराम्री प्रभावित भईरहेको उहाँको अनुसार गाँउ देहातका दलित वालवालिकाहरु विद्यालय समयमा गाई भैसी स्याहर्न जान्छन भन्ने लहान वजार वरिपरिका दलित वालवालिकाहरु जोखिम काम गर्न वाध्य रहेका छन घरको काम , हेटेल , ग्यारेज कवाडीहरुमा सयौ वालवालिकाहरु विद्यालय छाडेर जोखिम काम गरिरहेको महिला मानव अधिकारवादी रेणु यादवको भनाई रहेको वालवालिकाहरुलाई जोखिम काम होईन , पढाउन पढाउ भन्ने अभियान नै संचालन गरेर दलित वालवालिकाहरुलाई पढन आकर्षित गर्नु पर्ने अवस्था रहेको हुने खाने सचेत वगाको वालवालिकाहरु सवै निजीमा पढछन सामुदायिक विद्यालय भनेको गरीव दलितको वालवालिका मात्रै पढने भएकोले आउने गरेकोले समाजका अगुवाहरुको ध्यान पनि विद्यालयलाई राम्रो बनाउने होईन राजनीतिक अखडा बनाउने काम भईरहेको लहान का राम निवास सदायको भनाई रहेको  
    लहान मटियर्वाका शिवा सदाय बताँउछ विहान नै एकपटक सडकको छेउहरुमा फालिएका पानीको वोतल रेडवुलका सिसी लगायत अन्य कवाडीहरु संकलन गर्ने गरेको छु मसंगै सात जनाको समूह मुशहर वस्तीका अधिकांश वालवालिकाहरु नजिकै रहेको विद्यालयमा पढन जादैन हाम्रा साथीहरु कतिले विद्यालयमा भर्ना भएपनि विद्यालय जाने नगरेको शिवाको भनाई रहेको  
    लहानको होटेलमा भाडा वर्तन सफा गर्न , कवाडीहरुमा वोटल शिशी .कलन तथा प्याक गर्न अधिकांश सात वर्ष देखि वाह्र चौध वर्षका वालवालिकाहरु काम गर्न वाध्य रहेका छन वालवालिकाहरुले जोखिम काम गरेर कमाई गरेको रकम आमा वावुलाई चामल किन्न , तरकारी किन्न दिने गरेका ति वालवालिकाहरु बताउछन  
    लहानमा रहेका  मानव अधिकार वालवालिकाको क्षेत्रमा काम गर्ने अधिकारवादी संघ संस्थाहरुले वालवालिकाहरु जोखिम काम गर्न बाध्य रहेको भएपनि सम्वन्धित निकायमा झक्कझकाउने कुनै पहल भएको छैन मानव अधिकारवादी दुर्गा महतोको अनुसार वालवालिकाहरुलाई जोखिम काममा लगाउनु हुदैन विश्वव्यापी मान्यता भए पनि लहानमा वालवालिकाहरुले गरिरहेको जोखिम कामको तस्बीर डरलाग्दो रहेकोले यसमा हरेक वर्ग सचेत भएर वालवालिकाहरुलाई विद्यालय पढाउन जनचेतनाको आवश्यक्ता औल्याउदै वालवालिकाहरु विद्यालय नगई जोखिम काममा लगाउने आमा वावु होटेल संचालक , कवाडी संचालकहरुले पनि वाल अधिकारको हन्न गरेको भन्दै यस कार्यप्रति सरोकारवालाहरुको साझा चासो जानु जरुरी रहेको उहाँले बताउनु भयो  
    वैदेशिक रोजगारीमा गएकाहरु , कर्मचारी व्यापारीहरुको वालवालिकाहरुले खचाखच भरिएका निजी वोर्डिङगहरु भरिएका छन भन्ने सामुदायिक विद्यालयमा पढने दलित वालवालिकाहरुको पढने थलोमा निगरानीको अभाव दलित वस्तीहरुमा पनि विद्यालय उमेरका वालवालिकाहरुलाई विद्यालय पढाउन प्रभाकारी रुपमा विद्यालय भर्ना अभियान संचालन हुन नसक्नु चेतनाको अभावमा दलित वालवालिकाहरु शिक्षावाट वञ्चित भएर जोखिम गर्नु परेको लहान का पल्टु रामको भनाइृ रहेको  
    आफनो गृह जिल्ला आईपुग्नु भएकी शिक्षा मन्त्री चित्रलेखा यादवले पनि सामुदायिक विद्यालयको सुधारमा लाग्न गोपाल सेवा समितिको १३ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै भन्नुभयो , “शिक्षामा सुधार भए मात्रै समाजमा खुशहाल लोकतासन्त्रक व्यवस्था सवल हुने भएकोले आफनो गाँउ ठाँउको विद्यालय सुधार्न सरोकारवालाहरुले ध्यान दिनु पर्ने आग्रह गर्नु भएको तराईका आठ जिल्लाहरुमा शिक्षाको सुभांक निकै तल रहेकोले यसलाई माथि उठाउन सरकारले सामुदायिक विद्यालयमा लापरवाही गर्नेलाई छुट नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको  


No comments:

Post a Comment