खानलाउन नदिएको भन्दै प्रहरीमा उजुरी

काठमाडौँ ०७१ असोज गते
काठमाडौँ थानकोट गाविस खरिबोट घर भइ हाल नेपाल प्रहरी वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत पति ३२ वर्षीय सुशील परियारले खानलाउन नदिएको भन्दै पत्नी २२ वर्षीया रबिना परियारले महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा असोज गते उजुरी दर्ता गराएकी छन्

पतिले आफू बालबच्चालाई समेत खानलाउन तथा हेरविचार नगरेको आफू अन्यायमा परेको पीडितले बताइन् उनले पति सुशीललाई महिला हिंसा ऐन ०६६ बमोजिम कारबाही गरी भरणपोषणको व्यवस्था गरिदिन उजुरीमा माग राखेकी छन्


सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक गीता थापाले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रियामा ल्याउन आजै महानगरीय प्रहरी वृत्त थानकोटलाई पत्राचार गरेको बताइन्

No comments:

Post a Comment