बेलकोट गाविसका गाउँलेले सामूहिक जमरा राखे

नुवाकोट: यस वर्षको बडादसैँको जमरा बेलकोट गाविसको वडा नं ३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राह्मण, क्षेत्री,  मिजार, विश्वकर्माले संयुक्त रूपमा जमरा राखेर उमारिरहेका छन्। यस वर्ष मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्‍चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले बताए। 'पुस्तौदेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्”, अध्यक्ष तिवारीले भने 'जमरा राख्दा यो जात ऊ जात भन्‍ने चलन छैन।'
 
सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताए। सामूहिक जमराको परम्परा मन्दिरमा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बताइन्छ। शाहको पालादेखि नै मन्दिरमा बडादसैँ र अन्य पर्व पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको छ।  तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाई पर्दैआएको गाविसका निवर्तमान गाविस अध्यक्ष वासुदेव कडुवालले बताए।

No comments:

Post a Comment