दुई बालिकाले नयाँ जीवन पाए

काठमाडौं/ जन्मँदै मलद्वार नभएका दुई बालिकाले नयाँ जीवन पाएका छन् बसुन्धरास्थित ग्रिनसिटी हस्पिटलले नि:शुल्क उपचार गरी मलद्वार बनाइदिएपछि ओखलढुंगाकी १३ वर्षीया लीला विक रुपन्देहीकी नौ महिने बालिका लोकमाया सुनारले नयाँ जीवन पाएका हुन्
पेडियाट्रिक सर्जन डा. गेहराज दाहालको टोलीले एक वर्षभन्दा बढी समय लगाएर ती बालिकाको मलद्वार बनाएको हो अन्तिम चरणको अप्रेसनपछि आइतबार अस्पतालबाट डिस्चार्ज हुन लागेकी १३ वर्षीया विकले आफूले साच्चिँकै नयाँ जीवन पाएको बताइन् रुपन्देही देवदहकी नौ महिने बालिका लोकमाया भने दुई महिनाअघि नै अन्तिम चरणको अप्रेसनपछि घर फर्किसकेकी छन्

डा. दाहालको टोलीले महिनाको अन्तरमा तीन चरणको शल्यक्रिया गरी उनीहरूको मलद्वार बनाइदिएको हो मलद्वार बनाउन प्रतिबालिका चार लाख रुपैयाँभन्दा बढी खर्च गरेको अस्पतालले जनाएको अस्पतालका अध्यक्ष एलबी टन्डनले सामाजिक उत्तरदायित्वअन्तर्गत ती बालिकाको उपचार गरेको बताए

No comments:

Post a Comment