कुटपिट गर्ने पतिविरूद्ध प्रहरीमा उजुरी

काठमाडौँ ०७१ भदौ २० गते
धादिङ जिल्ला कल्लेरी गाविस- घरभई हाल काठमाडौँ मनपा-१५ स्वयम्भु बस्ने २१ वर्षीया छत्रकुमारी विकले पति २५ वर्षीय विष्णु विकले आफूलाई कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ २० गते उजुरी दर्ता गरेकी छन्

पतिले भदौ १९ गते मादक पदार्थ सेवन गरी कुटपिट गरी अन्य केटीलाई लिई हाल मनपा- माहाराजगन्जमा बसेको पीडितको आरोप रहेको पति विष्णुलाई महिला हिंसा ऐन २०६६ बमोजिम कारबाही गरी शान्तिसुरक्षा तथा भरणपोषणको व्यवस्था गरिदिन पीडितले उजुरीमा माग राखेकी छन्


सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले आरापितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रियामा ल्याउन आजै महानगरीय प्रहरी वृत्तमहाराजगन्जलाई पत्राचार गरेकी छिन् पतिले आफू मन नपरेको भन्दै एक वर्षेखि लगातार कुटपिट गरी यातना दिदै आएको खानलाउन समेतको वास्ता नगर्ने गरेको पीडितले बताइन्

No comments:

Post a Comment