कथित बोक्सी आरोपमा कुटपिट गर्ने लाई थुनामा राख्ने आदेश

बाँके ०७१ भदौ १७ गते
नौबस्ता गाविस - की  ३२ वर्षीया चन्द्रा बिकलाई कथित बोक्सी आरोपमा कुटपिट गर्ने सोही ठाँउकी तारा कामीलाई जिल्ला अदालतले भदौ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको

जिल्ला अदालतका न्याधीश अम्मरराज पौडेलको एकल इजलासले मुख्य आरोपितलाई थुनामा राख्ने घटनामा सङ्लग्न रहेका भनिएका सशी बिक लक्ष्मी कामीलाई भने जनही १० हजार रुपिँया धरौटी राखेर तारेखमा रिहा गरेको

चन्द्राका पति धिरेन्द्र बिकले साउन २२ गते पत्नी चन्द्रालाई बोक्सी आरोपमा कुटपिट गरेको भन्दै तीनै जना आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा साउन २४ गते मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए प्रहरीले आरोपितहरूलाई साउन २२ गते गिरफ्तार गरेको थियो पीडितको शिक्षण अस्पताल कोहलपुरमा उपचार भएको थियो  


No comments:

Post a Comment