संविधान निर्माणको घडीमा पछि परिए दलित माथीको उत्पीडनबाट मुक्ति नमिल्ने

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
असोज , काठमाण्डौं
सभासद शिवकुमारी गोतामेले दलित मैत्री संविधान निर्माणका लागि दलित सभासद, राजनीतिक दलका दलित भातृ संगठन दलित अधिकारकर्मीहरु सचेत हुनुपर्नेमा जोड दिनुभएको आज जागरण मिडिया सेन्टरसँग कुरा गर्दै सभासद गोतामेले संविधान निर्माणको ऐतिहासिक घडीमा पछि परिए अझै धेरै वर्ष दलित माथीको उत्पीडनबाट मुक्ति नमिल्ने बताउनुभयो
अहिले दलित समुदायको प्रमुख शक्तिहरु भनेकै दलित समुदायका सभासद, दलित भातृ संगठन दलित नागरिक समाज होउहाँले भन्नुभयो, “यी तीन शक्तिले एक आपसमा सहकार्य गरेर दलित मैत्री संविधान निर्माणका लागी अग्रसर हुनुपर्दछ

नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय कानुन विभागका सदस्य समेत रहनुभएका गोतामेले  संविधान सभाका दलित सभासदहरुले दलित मुद्दाका विषयमा कार्यनीति बनाइरहेको बताउँदै दलित समुदायलाई राज्यका हरेक निकायमा कसरी स्थापित गर्न सकिन्छ भन्नेमा आफुहरु गम्भीर रहेको जानकारी गराउनुभयो साथै संविधानमा दलित समुदायका मुद्दालाई उचित ढङ्गले पार्नका लागि आफुहरु सजग भएको पनि उहाँले बताउनुभयो दलित समुदायका मुद्दाहरु सही ढंगले पर्दैनन् की भन्ने चिन्ता तर हामी सबै मिलेर आवश्यक रुपले दबाब दिँदै अघि बढ्नुपर्छ, संविधानमा हाम्रा कुरा लेखिनेछन्उहाँले थप्नुभयो

No comments:

Post a Comment