बायकाँडाको ५०० दलित खाद्यान्न अभावको मारमा परे

जाजरकोट,   असोज १३ गते  जिल्लाको उत्तरी क्षेत्रमा रहेको भगवती गाविस बायकाँडाको दलित बस्तीमा एक महिनादेखि खाद्य सङ्कट भएको  
दलित समुदायको मात्र बसोबास रहेको बायकाँडामा खेतीयोग्य जमिन अभाव चारैतिर पहाडले घेरिएकोे भिरालो पाखोबारीमा अन्न उत्पादन नहुँदा विपन्न समुदाय बर्सेनि खाद्य अभाव भोग्न बाध्य छन्

अहिले यहाँका ९२ घरधुरीका ५०० दलित खाद्यान्न अभावको मारमा परेका हुन् उनीहरूको घरमा अन्नको दाना पनि छैन वल्लोपल्लो गाउँका व्यापारीबाट मासिक पाँच प्रतिशत ब्याज बुझाउने सर्तमा ऋण लिएर बजारको चामल किनेर जीवन निर्वाह गर्नु परेको स्थानीय तेजबहादुर विकले बताउनुभयो  

गाउँमा खाद्य अभाव भएपछि बजारको मोटो चामल पनि प्रतिकिलो ७० रुपैयाँमा किन्न उनीहरू बाध्य छन् सरकारी अनुदानको चामल यहाँका बासिन्दाले चाख्न नै पाउँदैनन् यहाँका बासिन्दा घण्टा हिँडेर चौकास्थित डिपोमा चामल लान जाँदा सधैँ रित्तो हात फकिर्नु परेको विकले गुनासो गर्नुभयो

खाद्य संस्थानले डिपोमा पठाउने चामल बीचमै हराउँछ गरिबले देख्नसमेत पाउन्नौँ हुनेखाने व्यापारीले एकमुष्ट किन्दिन्छन् हामीले उनैसँग किन्नुपर्छ”–उहाँले भन्नुभयो पाखोबारीमा लगाएको अन्नबालीले एक महिना पनि खान नपुग्ने आम्दानीको अन्य कुनै स्रोत नहुँदा यस बस्तीको जीवन कष्टकर भएको कर्णबहादुर कामीले बताउनुभयो  

उहाँका अनुसार यहाँको आम्दानीको मुख्य स्रोत डोल्पाका लेकमा यार्सा टिपेर बेच्ने भारतका विभिन्न सहरमा मजदुरी गरेर कमाएको रकम मात्र हो यसबाटै अन्नपानीको जोहो हुँदै आएको थियो तर यो वर्ष यार्चा टिप्न गएका खाली हात फकिर्एपछि झन् अप्ठ्यारो परेको कामीकोे दुखेसो  

बस्तीमा सरकारी सेवाका नाममा दलित प्राथमिक विद्यालय मात्र उक्त विद्यालयमा समेत पूर्वाधार नहुँदा समस्या भएको गुनासो आएको जिविसका प्राविधिक पृथ्वीबहादुर बोहोराले जानकारी दिनुभयो दलितहरू सरकारी सेवासुविधाबाट वञ्चित बन्दै आएको उहाँको भनाइ खाद्य अभाव भएपछि यहाँका अगुवाले खाद्य संस्थानसँग तत्काल २०० क्विन्टल चामल माग गरेका छन् संस्थानले चालु वर्षमा त्यस क्षेत्रमा ढुवानी कोटा सकिएकाले दलित बस्तीमा ढुवानी अनुदानको खाद्य पु¥याउन नसकिने जनाएको रासस

No comments:

Post a Comment