दलितका सवालमा सञ्चारमाध्यम उनीहरुको आवाज भएर आउनुपर्ने

टेकेन्द्र बस्याल
दैलख, असोज
सताब्दिदेखि राज्यका निकाय, श्रोत साधन आर्थिक रुपमा वञ्चितीकरण रहेका दलितका सवाललाई अवको संविधानमा सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका अहम हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् जागरण मिडिया सेन्टरद्वारा दैलेख सदरमुकाममा आयोजित सञ्चारमाध्यममा दलित सवाल संविधान निर्माण प्रक्रिया विषयक अन्तरक्रियाका सहभागीले दलितका सवालमा सञ्चारमाध्यम उनीहरुको आवाज भएर आउनुपर्ने उल्लेख गरे

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुलीले संविधानबाटै सबै जाती, भाषी, समुदायको अधिकार स्थापित हुने भन्दै दलित समुदाय संविधान निर्माणप्रति केन्द्रित हुनु सवाल उठाउनु सकरात्मक कार्य भने उनले यस समयमा आवाजविहिनको आवाज सञ्चारमाध्यमले दलितका सवालहरु उजार गर्नुपर्ने सुझाव दिए
प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीले आम सञ्चार माध्यम सशक्त आवाज भएकोले दलित सरोकार निकायले सञ्चारमाध्यमसंग सहकार्य गरी संविधानमा उठाउन सकिने सवाललाई राज्यका तहसम्म पुर्याउन सहजै सकिने बताए सञ्चार माध्यमबाट दलित सवाल मुद्धालाई वकालत गराउन सञ्चार जगत समावेशी हुनुपर्ने भन्दै उनले भने, नेपाल प्रेस युनियन पत्रकार महासंघले यो पक्षमा जोड दिएको
पत्रकार महासंघ देलेखका अध्यक्ष नमन शाहीले स्थानीय तहका सञ्चार माध्यमले जहिल्यै पनि सिमान्तकृत, पछाडि परेका समुदायका सवाल मुद्धालाई प्राथामिकता दिने गरेको भन्दै त्यसभित्र दलित सवाल पर्ने गरेको उल्लेख गरे कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव दिपक परियारले निर्माण पक्रियामा रहेको संविधानमा दलित सवाल समावेशीका मुद्धा कसरी सशक्त पार्ने भन्ने विषयमा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने बताए अव हामीले दलितका सवाललाई दुर्गम ग्रामिणस्तरबाट उठाउन पर्छ भन्ने अभियानमा छौ, उनले भने, दलित समावेशी सिद्धान्त मुद्धालाई स्थापित गरी संविधान निर्माण दिशामा लैजान मिडियाको सहयोग चाहिन्छ

कार्यक्रमका सहभागीले नेपाली सञ्चार माध्यमले दलितका सवाल मुद्धालाई प्राथामिकता दिन नसकेको समाचार आएपनि नकरात्मक कोणबाट आउने टिप्पणी गरे आयोजित क्षेत्रीय कार्यक्रममा मध्यपश्चिमका दश जिल्लाका ४० बढी पत्रकारहरुको सहभागीता रहेको थियो कार्यक्रममा अधिवक्ता बसन्त अधिकारीले संविधान सभाबाट संविधान निर्माणको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरे दलित अभियान्त तथा अधिकारकर्मी जेवि विश्वकर्माले नँया संविधान, दलित अधिकार मिडियाको भुमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए

No comments:

Post a Comment