जातीय भेदभाव तथा छुवाछूतसम्बन्धि संयुक्त अनुगमन समितिका गठन

राष्ट्रिय दलित आयोगको संयोजकत्वमा देश व्यापि रुपमा घटेका जातीय भेदभाव तथा छुवाछूतसम्बन्धि घटनाहरुको अनुगमन तथा त्यो बारे सत्य तथ्य बुझि यर्थात प्रतिवेदन गर्ने क्रममा  निम्न निकायहरुको प्रतिनिधित्व रहेको संयुक्त अनुगमन समितिका गठन (JMG) भएको छ।
राष्ट्रिय मानव अधिकार आयोग
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय
राष्ट्रिय महिला आयोग
जनजाती उत्थान विकास राष्ट्रिय प्रतिष्ठान

उक्त समितिको निर्णयानुशार संयुक्त अनुगमन टोलीले म्याग्दी जिल्लाको सिख गा.वि..मा मन्दिर प्रवेशमा रोक तथा पर्वत जिल्लाको मल्लाज गा.वि..मा भएको अन्तरजातीय विवाहको घटना ,बुटवल-१४, मैनाबगर रुपन्देही जातीय भेदभाव तथा छुवाछूतको घटना , कमलामाई नगरपालिका सिन्धुलीकी वर्षीय दलित नावालिका माथि  वलात्कार  गरेको घटना ,कोसीदेखा गा.वि..नं. काभ्रेको जनजागृति प्रा.वि.का शिक्षक सोही स्थानमा रहेको सुनकोसी दुग्ध विकास डेरीमा भएको जातीय भेदभाव तथा  छुवाछूतको घटनाको संयुक्त अनुगमन गरी समितिले अनुगमनका प्रतिवेदन तयार गरी सिफारिश समेत गरेको छ। यसप्रकारको अनुगमन UNDP/RoLHR को सहयोगमा मानवअधिकार अनुगमन तथा जाँचबुझ मार्गनिर्देशिका,२०७० अनुसार राष्ट्रिय दलित आयोगले पहिलो पटक अबलम्वन  गरेको हो यस प्रकारको अनुगमनलाई निरन्तबरतब दिई प्रभावकारिता अभिवृद्धि गर्न राष्ट्रिय दलित आयोग क्रियाशील छ।

No comments:

Post a Comment