अन्तरजातीय विवाहका कारण किरिया गर्नबाट बञ्चित

सञ्जय बिश्वकर्मा
बुटवल,११ भदौ 
अन्तरजातीय विवाह गरेकै कारण रूपन्देही रुद्रपुरका दुई दाजुभाई आफ्नै बाबुको किरिया गर्नबाट वञ्चित भएका छन् अन्तर जातीय विवाह गरेकोले अछुत भएको भन्दै अन्य दाजुभाई पक्षले विभेद गरेपछि रूपन्देही रुद्रपुर, पूर्तिघाटका सुर्य पराजुली उनका भाई मिनु पराजुली आफ्नै बाबुको किरिया गर्न बाट बन्चित भएका हुन् उनीहरू दुवै जनाले अन्तरजातीय विवाह गरेका छन् उनको वुवा कृष्ण प्रसाद पराजुलीको मृत्यु भएको पाँच दिन भइसकेको दुवै जनाले अन्तरजातीय विवाह गरेकै कारण उनका वुवाको पाँच दिन सम्म पनि कोही किरिया बसेको छैन 
तीन भाई छोराहरू मध्ये जेठो छोरा बासुदेव पराजुली रोजगारीका शिलशिलामा साउदीमा रहेको माइलो सुर्य कान्छो मिनुले अन्तरजातीय विवाह गरेकै कारण छिमेकी दाजुभाईले उनीहरूलाई किरिया गर्न नदिँदा स्वर्गीय कृष्ण प्रसादको अहिलेसम्म कोही पनि किरिया बसेका छैनन्
माइलो छोरा सुर्य पराजुलीले आफूले अन्तरजातीय विवाह गरेकै कारण आफ्नै ठूलो बुबा (बुवाको दाजु) उनको छोरा केशव पराजुलीले किरिया गर्न नदिएको गुनासो गरे आफु वुवा वितेको खवर पाएपछि तत्कालै घर पुगे पनि उनीहरूले तल्लो जातको केटीसँग विहे गरेको भन्दै दागवत्ती दिनबाट समेत वन्चित गराई किरिया बस्नबाट वन्चित गराएको गुनासो गरे
गत वैशाखमा अन्तरजातीय विवाह गरेकै कारण गाउँबाट विस्थापित भएका उनी वुवा वितेको खबर पाएपछि घरमा गई किरिया गर्छु भन्दा ठुलो वा उनको छोरा केशव पराजुलीले तल्लो जातको केटी सँग विहे गरेको भन्दै अछुतको व्यवहार गरेको उनले बताए साथै बुवाको दाहसंस्कार गर्नै वेलामा दागवत्ति दिन्छु भन्दा ठूलो वुवाले चप्पलै चप्पलले कुटपिट समेत गरेको उनले गुनासो गरेवुवाले मलाई अझै सम्म नराम्रो व्यवहार गर्नु भएको थिएन मैले तल्लो जातको केटी विवाह गरेपनि मलाई केही भन्नु भएको थिएन, तर बुवाको दाजु ठुलो बाले मलाई अछुतको जस्तै व्यवहार गर्नुभएको उनले भनेवुवा वितेपछि वुवाको किरिया गर्छु भन्दा पनि तल्लो हाम्रो कुलको हाईनस भन्दै गाली गर्दै किरिया गर्न समेत दिएनन उल्टै चप्पले पिटे
घरमै बुवाको किरिया गर्न नपाएपछि सुर्य ठाडो किरिया गरेका छन् उनका भाई मिनुले पनि घरमै ठाडो किरिया गरेका छन् भाई मिनु पराजुलीले आफूले अफ्नो भन्दा तल्लो जान जनजाती केटी विहे गरेकै कारण आफुलाई पनि किरिया गर्न बाट वन्चित गराइएको गुनासो गरे रोजगारीको सिलसिलामा स्याङजामा थिए, वुवा विरामी भएको थाहा पाएपछि घरमा आएर वुवाको उपचार गराउन अस्पताल लगेको थिएउनले भनेअहिले वुवाको मृत्यु भयो तर आफ्नै वुवाको किरिया गर्छु भन्दा गर्न दिइएन, त्यसैले ठाडो किरिया गर्दै आएको छुआजको २१ सताव्दीमा पनि जातीय विभेदका कारण आफ्रनै छिमेकी तथा दाजुभाईबाट अपहेलित हुंनुपर्दा निकै दुख लागेको उनले बताए उनीहरूका दाजु बासुदेव केही दिनमा साउदी अरवबाट आएपछि मात्रै विधिवत रूपमा किरिया गर्ने तयारी घरमा भइरहेको सुर्यले बताए 

आफूले तल्लो जातको केटी विहे गरेपछि आफ्नै ठुलो वा उनको छोरा केशवको रणनीतीमा आफुलाई समाजबाट विस्थापित गरी आफू मरेको भन्दै दुई महीना अगाडि विधिवत रूपमा करिया समेत गरिएको उनले बताए मुलुक छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आठ वर्ष वितिसक्दा पनि मुलुकमा यस्तो किसिमको घट्ना घट्नु लज्जास्पद भएको दलित वर्ग उत्थान समन्वय समितिका पुर्व उपाध्यक्ष तथा दलित अधिकार कर्मी नन्द बहादुर खड्काले बताए आजको २१ औं सताव्दीमा पनि यस्तो घट्ना घटाउने व्यक्तिलाई जातीय छुवाछुत ऐन अनुसार कार्वाही गरी कानुनी दायरामा ल्याउनै पर्ने उनले बताए 

No comments:

Post a Comment