स्वर्गीय पोष्टबहादुर बोगटीप्रति दलित मुक्ति मोर्चाको भावपूर्ण श्रद्धाञ्जली अर्पण

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
भाद्र ३०, काठमाण्डौं  
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष स्वर्गीय पोष्टबहादुर बोगटीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको उहाँलाई नेपाली सर्वहारा वर्ग नेपाली दलित समुदायको मुक्तिको अभियानप्रति अत्यन्तै सकारात्मक दृष्टिकोण राख्नु हुने नेतृत्वको रुपमा सम्झिँदै मोर्चाले विज्ञप्ती मार्फत श्रद्धाञ्जली व्यक्त गरेको हो  

उँहाको दुःखद निधनले हाम्रो संगठन नेपाली दलित आन्दोलनलाई अपुरणीय क्षति भएको मोर्चाका केन्द्रीय अध्यक्ष एवम संविधान सभाका सभासद दलजीत श्रीपालीद्वारा जारी विज्ञप्तीमा भनिएको , दुःखको यस वियोगान्तक क्षणमा हामी आदरणीय नेता .पोष्ट बहादुर बोगटी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्छौ उहाँको शोक सँत्तप्त परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ” 
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको फ्रयाक्सन इन्चार्ज समेत रहनुभएका बोगटीप्रति श्रद्धाञ्जली स्वरुप २०७१ असोज गते सम्म मोर्चाको देशभरिका कार्यालयहरुमा संगठनको झण्डालाई आधा झुकाउने केन्द्रीय कार्यालय लगायत सम्बन्धीत निकायका सम्पूर्ण कार्यालयमा शोक पुस्तिका राख्ने असोज गते श्रद्धाञ्जली सभा आयोजना गरिने कार्यक्रम तय भएको पनि विज्ञप्ति मार्फत जानकारी गराइएको  


No comments:

Post a Comment