खोटाङमा जातीय भेदभाव अन्त्यका लागि सञ्जाल निर्माण

दसैं आउछ जान्छ्  तर  दशा कसैलाई पनि नअाअोश् !
टिका लाइन्छ ,खस्छ तर भागय कसैको पनि न्खसोश !
जमरा लाइन्छ सुक्छ  तर कसैको खुशी न्सुकोश !
पिङ खेलिन्छ चुडिन्छ  तर  सम्बन्धको डोरी कसैको न्चुडियोश !
देश बिदेश जहाँ जस्तो अवस्थामा हुनु हुने सम्पूर्ण मित्रहरु ,पाठकहरु,
बलग भिजिटरहरुमा बिजया दश्मीको मंगलमय शुभकामना !!!

गोपाल सिवा  
बिभेद बिरुद अभियान 
alldalit.blogspot.com
खोटाङ । ०७१ असोज १४ गते
जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि दलित सम्बद्ध संघसंस्थाको पहलमा खोटाङमा असोज १३ गते जिल्ला सञ्जाल निर्माण भएको छ ।

नेपालमा जातीय भेदभाव तथा छुवाछूत ऐन कार्यान्वयन भइसके पनि कार्यान्वयन नभएको र कारवाही गर्ने निकाय फितलो भएको भन्दै स्थानीयस्तरदेखि सामाजिक कुरीतिरीतिरिवाज र चालचलनलाई अन्त्य गर्न सघाउ पुर्‍याउने उद्देश्यले सञ्जाल गठन गरिएको जनाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखाको संयोजनमा भएको सञ्जाल गठनको क्रममा दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रकाश तोलाङे संयोजक रहेको ९ सदस्यीय समिति गठन गरिएको सञ्जालका सदस्य दीपक ठटालले बताए । सञ्जालको सदस्यहरूमा नेपाल पत्रकार महासंघस्थानीय रुपाकोट रेडियो र हलेसी रेडियोका प्रतिनिधि/सञ्चारकर्मी समेत सम्मिलित छन् ।

दलित भएकै कारण सामाजिकआर्थिकराजनीतिक अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था हालसम्म पनि कायम रहेको र यस्ता विभेद अन्त्य गर्न स्थानीयस्तरदेखिनै लागि पर्नुपर्ने सञ्जालको उद्देश्य रहेको छ । दलित भएकै कारण कोठा नपाइनेदलितको नाममा आउने समावेशी अधिकारहरूमा गैरदलितले हस्तक्षेप गर्ने तथा अन्य विविध कुराहरूमा दलितहरूले थिचोमिचो सहनुपर्ने वाध्यताको अन्त्य गर्न सञ्जाल गठन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय सदस्य चर्चबहादुर विश्वकर्माले बताए ।

No comments:

Post a Comment