घरबास पाउने त कुरै छोडौँ, हामी मुक्त हलिया हौँ भन्नेसमेत प्रमाण छैन

(दार्चुला), भदौ २२ गते सरकारले हलिया मुक्त घोषणा गरेको सात वर्ष बितिसक्दा पनि सुदूर मध्यपश्चिम क्षेत्रका १२ जिल्लाका हजारौँ हलिया परिवारको पहिचान, प्रमाणीकरण तथा पुनःस्थापना हुन सकेको छैन  
विसं २०६५ भदौ २१ मा सुदूरका नौ जिल्ला तथा मध्यपश्चिमका जाजरकोट, हुम्ला सुर्खेतसमेत गरी १२ जिल्लाका हलियालाई नेपाल सरकारले औपचारिक रूपमा मुक्त घोषित गरिएको हो
 
मुक्त हलिया परिवारको समस्या समाधानका लागि गठित पुनःस्थापना तथा अनुगमन केन्द्रीय कार्यदलले उनीहरूको पहिचान प्रमाणीकरणको काम गरिरहेको भए पनि हालसम्म करिब आधाभन्दा बढी हलिया परिवार प्रमाणीकरणबाट वञ्चित छन््  कार्यदलले १९ हजार ५९ मुक्त हलियाको पहिचान गरेको ”–कार्यदलकी सदस्य सीता विकले भन्नुभयो–“पहिचान भएकामध्ये १० हजार २२२ को मात्र प्रमाणीकरण भएको

उक्त सङ्ख्याबाहेक विभिन्न जिल्लामा सयौँ मुक्त हलिया परिवारको लगतसमेत सङ्कलन नभएको पीडित परिवारको गुनासो हामी ३८ परिवार बसेको ठाउँमा लगत लिने टोली नै पुगेन”–दार्चुलाको उकु उकु दर्पराम टमटाले भन्नुभयो–“मुक्तिपछि झनै बिचल्लीमा ¥यौँ  जिल्लाको विभिन्न ठाउँबाट मुक्त भएका उनीहरू महाकाली नदी किनारमा गत वर्षको बाढीबाट पीडित भएपछि  टेन्ट बनाई बसेका छन्् गत असारको महाकालीको बाढीले घरछाप्रो भत्काएपछि उनीहरूको उठिबास भएको  

मुक्तिपछि हामीले झनै समस्या झेल्नु परेको राष्ट्रिय हलिया मुक्ति समाज दार्चुलाका मनोज नेपालीले अरूको प्रमाणीकरण भएको तर सुनुवाइ नभएको बताउनुभयो दार्चुलाको उकु भौनेलीमा रहेका टमटा तिरुवा परिवार झैं बैतडी बाजुरा, डोटी, अछमा, डडेलधुरा लगायतका अन्य जिल्लामा समेत सयौँ मुक्त हलियाहरूको हालसम्म पहिचान समेत हुन नसकेको कार्यदलकी सदस्य विकले भन्नुभयो  

उहाँले भन्नुभयो,“लगत लिइएका मुक्त हलियाहरूको भदौ असार मसान्तसम्म प्रमाणीकरण भइसक्नुपर्ने थियो सरकारको ढिला सुस्तीका कारण कारण हुन सकेन, अब केही दिनमै काम सुरु गर्दैछौँ राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घका केन्द्रीय महसचिव ईश्वर सुनारले प्रमाणीकरणको काम पूरा नभएकै कारण सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि गत वर्ष विनियोजन गरेको जिल्लाको रकमसमेत सदुपयोग हुन सकेको छैन भन्नुभयो  

 मुक्त कमैयाको पुनःस्थापनाका लागि सबै राजनीतिक दल, सङ्घसंस्थाले सहयोग गरे तर हलियाको पीडा सुनिदिने कोही नभएको पीडितहरूको दुखेसो  घरबास पाउने कुरै छोडौँ, हामी मुक्त हलिया हौँ भन्नेसमेत प्रमाण छैन”–दार्चुला गोेकुलेश्वर गाविस  बस्ने ३५ वर्षीय राम टमटाले भन्नुभयो–“मुक्तिपछि परिवार पाल्न पोषणमा  समस्या भएकाले पुनः पुरानै मालिक कहाँ हलिया बस्न गएको हो गुजारा गर्दैछौँ, तीन पुस्ताको जीवन यस्तै दुःखमा बित्ने भो

       उता सुदूरको केन्द्रबिन्दु अर्थात् पहाडी जिल्ला मुख्य नाका एवम् राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घको केन्द्रीय कार्यालय रहेको डडेलधुराका मुक्त हलियाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था राष्ट्रिय हलिया समाज महासङ्घले पनि बर्सेनि जस्तै भदौ २१ गते सातौँ मुक्ति दिवसका दिन सदरमुकाममा भेला भएर पुनःस्थापनाका लागि आवाज उठाउँदै आएका छन््  

हरेक वर्ष दिवस मनाउने मात्रै काम भयो तर गाँस, बासको ठेगान भएन”–दार्चुला जिल्लाको पहिलो मुक्त हलिया दानीराम तिरुवाले भन्नुभयो रासस

No comments:

Post a Comment