दलितहरु पछाडि परेको नभई पछाडि पारिएको - सुनार

संयूक्त दलित अधिकार मञ्चको प्रथम जिल्ला भेला नवलपरासिको कावासोतिमा शनिवार सम्पन्न भएको छ ।सम्पूर्ण दलित उत्पिडित एक हौँ, दलित अधिकार संविधानमा सुनिश्चत गर्न आन्दोलनमा अगाडि वढौँ भन्ने नाराका साथ कावासोतिको खुल्ला मैदानमा सो भेला सम्पन्न भएको हो ।
भेलामा संयूक्त दलित अधिकार मञ्चका अध्यक्ष भुवन सुनारको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्वोधन गर्दै सुनारले दलितहरु पछाडि परेको नभई पछाडि पारिएको भन्दै अव सम्पूर्ण दलित एक भएर आफ्नो हक अधिकारको निम्ति लड्नु पर्ने वताउनु भयो । साथै अव वन्ने नयाँ संविधानमा दलितका अधिकार सुनिश्चत गर्नकालागि सवैजना मिलि सरकारलाई दवाव दिनुपर्ने अवश्यकता औँल्याउनुभयो ।
त्यस्तै मुक्ति समाज नेपालका केन्द्रिय सदस्य पूर्ण प्रकास विश्वकर्मा, पूर्ण कुमारी सुनार लगायतले अवको संविधानमा छुवाछुत, जातिय भेदभाव गर्नेहरुलाई कडा कारवाहि गर्ने किसिमको संविधान लेख्नको लागि सवै दलितहरु दवाव मुलक आन्दोलन गर्न तयार रहनु पर्ने वताउनुभयो ।जिल्ला भेला संयोजक गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजिकरण रेडियो मध्यविन्दु एफएमका कार्यक्रम संञ्चालक गोविन्द विश्वकर्माले गर्नुभएको थियो ।

No comments:

Post a Comment