विक दम्पत्तिको एकैचोटी निधन

पर्वत, भाद्र १८ गते श्रीमान् मरेपछि ज्यूँदै सतिजाने प्रथाको अन्य भएपनि पर्वत जिल्लाको बाजुङ गाविस वडा नं कोटथरमा भने एकै घरका श्रीमान् श्रीमतीको एकैचोटी निधन भएको
मंगलवार विहान करीव १० बजे श्रीमान् रुद्र बहादुर विकको निधन भएको डेढ घण्टा नवित्दै श्रीमती छली विकको पनि निधन भएपनि श्रीमान् श्रीमतीलाई सँगसँगै सतिगति गर्न गाउँलेहरु बाध्य भएका छन्
बयानब्बे बर्षे श्रीमान विकको रोगका कारण निधन भएता पनि चौरासी बर्षिय श्रीमती विक भने रोग नलाइकन एक्कासी निधन भएको पारिवारिक श्रोतले बताइएको
श्रीमान् श्रीमती यसरी सँगै मर्नुलाई धेरैले सति गएको दुवै जनाको मरण हुनु एउटा अनौठो घटना भएको जनाएका छन् मंगलवार निधन भएका विक दम्पत्तिको बुधवार विहान मोदीवेणीमा एकै साथ अन्त्योष्टी गरिएको उनीहरुलाई छोरा चन्द्र बहादुर विक दागवत्ती दिएका छन् 

No comments:

Post a Comment