छोरीले दलित केटो रोजेपछि परिवारले जवरजस्ती छोरी फर्काएर लगे

पाल्पा,असोज दुनियाँमा मानिसको दुई मात्र जात हुन्छन्महिला पुरुष जातपातको आधारमा कसैलाई पनि भेदभाव गर्न पाइँदैन भनेर मुलुकी ऐनले नै व्यवस्था गरेको तर कानुनमा जातपातको आधारमा भेदभाव गर्न नपाइने कानुनी व्यवस्था भए पनि नेपालमा जातपातको आधारमा हुने भेदभावका घटनामा कुनै कमी आएको छैन जातीय विभेद गरेको पुष्टि हुन आएमा २५ हजार दण्डजरिवाना वर्षसम्मको जेल जिवन विताउनु पर्ने कानुनी व्यवस्था पनि यस्ता घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् स्याङ्गजा जिल्लाको अलामदेवी, लसगाबेसीको गाउँमा दलित केटासँग गाउँमा गैरेदलित केटीको विवाह हुने भएपछि माइतीपक्षले यो विवाहलाई पचाँउन सकेको छैन
दलितसँग छोरीको विवाह हुने पक्कापक्की भएपछि माइतीपक्षले जसरी पनि छुटाउने प्रयासमा जुटेका छन् माइती पक्षको आग्रहमा नवजोडीलार्ई स्याङ्गजाको जिरो भन्ने स्थानबाट जयपति इलाका प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लियो तर,प्रहरी अनुसन्धानपछि यी जोडीहरू विवाह गर्न हिँडेको भन्ने प्रमाणका आधारमा प्रहरीले केही गर्न सक्ने कुरा भएन स्याङ्गजा जिल्लाको अलामदेवी का २३ वर्षीय सन्तोष विकसँग अलामदेवी की २० वषीया रेखा पाण्डेले स्वइच्छाले विवाह गरेकाले केही गर्न नमिल्ने भन्दै प्रहरीले अन्तरजातीय बिबाहलाई समर्थन जनाएपछि माइती पक्षले छोरीलाई नै फर्काएका छन्

पाल्पा जिल्ला सदरमुकाम तानसेन बसन्तपुरमा दिदीभिनाजुसँग शरणमा रहेको जोडीलाई माइतीपक्षले हातपात गरेर छोरीलाई फर्काएर लगेको पीडित विकले गुनासो गरे सानै उमेर विवाह गर्नु हुदैन, घर गएपछि यो केटाले विर्सिन्छ, केही भएको छैन, भनेर बाबुआमाले छोरीलाई हातपात गर्दा २० वषीया रेखा पाण्डे अचेत भएर ढलेको बिकको भनाइ रेखाले आफुसँग बिबाह गर्न लागेकाले केही नगर्न आग्रह गर्दा पनि परिवारले जवरजस्ती गरेर छोरी फर्काएर लगेको गुनासो बिकले गरे

No comments:

Post a Comment