दलनविरुद्ध प्रतिरोध र दलित सौन्दर्य-बोध पुस्तक - रामबहादुर रावल


दलनविरुद्ध प्रतिरोध र दलित सौन्दर्य-बोध पुस्तक पढिरहँदा लोकगायक पशुपति शर्माको गीतले बजार पिटिरहेको छ। शर्मा केही अधिकारकर्मीको प्रहारको तारो पनि बनेका छन्। कारण, उनले केही दलित थरहरू किटेर गीत गाएका छन्। अन्तरजातीय विवाह गर्ने जोडीलाई बहिष्कार गर्न चौतारामा भेला भएका गाउँलेहरूको बीचमा 'मेरो घरमा जातको कुरा हुन्न' भन्ने एक जुँघे नायकले नेपाली समाजमा जातीय विभेदका पत्रपत्र उधिन्दै सन्देशमूलक नृत्यसहितको गीत प्रस्तुत गर्छन्, 


उनको गीतमा। शर्मा मात्र होइन, जातीय विभेदविरुद्ध जुझ्ने हरेक सामाजिक अभियन्ता कुनै न कुनै तवरले प्रहारका तारो भएका छन्। बाग्लुङमा भगत सर्वजित विश्वकर्माले आफँैले आर्जेको विद्याद्वारा मन्दिर स्थापना, पूजाप्रतिष्ठा, कर्मकाण्ड गर्दा धर्म बिटुलो पारेको भन्दै कथित उच्च जातीयहरू आक्रमणमा उत्रेका थिए। तत्कालीन राज्यले समेत उनीमाथि नै डन्डा बर्साएको थियो। राणाकालको त कुरै नगरौँ। तर, आज गणतन्त्रमा पनि सामाजिक सुधारको आह्वान गर्दा खेप्नुपर्ने हैरानीका ताजा उदाहरण पशुपति शर्मा नै हुन्। यसो भन्दैमा समाज सुधारको अभियान रोकिँदैन। न्याय र समानताको लडाइँ सकिँदैन। यही निष्कर्षमा पुगिन्छ, पशुपति शर्माको गीत र प्रस्तुत दुई कृतिको अध्ययनपछि। 



जातीय आधारमा अमानवीय व्यवहार र बहिष्करणको सिकार भइरहेको दलित समुदायका विभिन्न आयामबारे शृंखलाबद्ध अध्ययन, अनुसन्धान र प्रकाशनको काम गररिहेको समता फाउन्डेसनद्वारा प्रकाशित यी दुवै कृतिको उद्देश्य विभेदविरुद्ध जुध्न र समतामूलक समाज निर्माण गर्न सघाउ पुर्‍याउनु हो। दलनविरुद्ध प्रतिरोध नेपाली दलितहरूले मुक्तिका लागि गरेको संगठित संघर्षको कथा हो। बाग्लुङमा आफैँ मन्दिर स्थापना, पूजा, अनुष्ठान र हिन्दु धर्मशास्त्र अनुसारका कर्मकाण्ड गर्ने भगत सर्वजित विश्वकर्माद्वारा राणाकालीन समयमा गरेका साहसिक कदमदेखि पञ्चायतकालीन अवस्थामा पशुपतिनाथ मन्दिर प्रवेशको संघर्ष हुँदै प्रजातन्त्र र गणतन्त्रकालसम्म गरएिका यस्तै संगठित संघर्षका घटनाक्रमको फेहरस्ित यसमा छ। 



यस पुस्तकमा दलित र दलनको समस्याको केन्द्र हिन्दु धर्मलाई मानिएको छ। हिन्दु धर्मावलम्बी दलित समुदायमाथि हिन्दु धर्मकै नाममा मठमन्दिरजस्ता आस्थाका केन्द्रमा प्रवेश गर्न नदिने, धर्मै बिटुलो हुन्छ भनेर संस्कृत मन्त्रहरू  उच्चारणमै बन्देज लगाउने र धारा, कुवा, पँधेरामा समेत छुवाछूतपूर्ण व्यवहार गर्ने कारण प्रहारको निशाना पनि हिन्दु धर्म भएको हुन सक्ने अध्येताहरूले औँल्याएका छन्। पुस्तकमा समेटिएका अधिकांश केस स्टडी -घटना) पनि मन्दिर प्रवेश र धर्म मान्न पाउनुपर्ने भन्दै गरएिका संघर्षसँग सम्बन्धित छन्। डोटीको शैलेश्वरी, भोजपुरको सिद्धकाली, गोरखाको गोरखकाली, बघौडा, चितवनमा योगी नरहरनिाथद्वारा आयोजित कोटीहोम र चितवनकै बैंकटेश्वर मन्दिर प्रवेशका घटनाक्रमबारे विवरण यसैका उदाहरण हुन्। 



यस्तै, सामाजिक तहमा भएका दूधभराउ संघर्ष, पानी उघाउ संघर्ष, सिनो बहिष्कार संघर्ष, भूमि र अधिकारका लागि वादी समुदायको संघर्षलगायत सामाजिक तहमा भएका दलित संघर्षका छानिएका घटनाहरूका बारेमा विस्तृत विवरण संकलन र प्रस्तुत गरएिको छ। पुस्तकको परचिय खण्डमा नेपाली माटोमा छुवाछूतपूर्ण विभेदको इतिहास र त्यसविरुद्ध भएका प्रतिरोधको प्राचीनता अनि संघर्षक्रमको चित्र प्रस्तुत गरएिको छ। गौतम बुद्धदेखि सहिद शुक्रराज -शास्त्री) जोशी र उनका पिता माधवराज जोशीका समाज सुधार अभियान, आर्य समाजीहरूले चालेका धार्मिक विकृतिविरुद्धका कदम, समाजका तल्ला तहमा भएका केही संगठित र केही प्रतिरोधका प्रकरणहरूको खँदिलो प्रस्तुति यसमा रहेको छ। सम्पादकद्वय राजेन्द्र महर्जन र यामबहादुर किसानको यो प्रस्तुतिले नेपाली समाजमा दलितले गरेको प्रतिरोध र संघर्षको स्पष्ट झल्को दिन्छ, जुन एक बसाइमा पढिसकिन्छ। त्यसैले यो पुस्तक दलित आन्दोलनको प्राचीनता, व्यापकता र उत्कर्ष/अपकर्षको आख्यान हो। समाजका अन्धविश्वास, कुरीति र त्यसले जबरजस्त जेलिएको सामाजिक, राजनीतिक र प्रशासनिक संरचना कसरी बाधक भए, तिनले कसरी दमन गरे र योद्धाहरूले कसरी साहसपूर्वक लडे भन्ने विवरणहरू द्वन्द्वले भरएिका चलचित्रका दृश्यजस्ता लाग्छन्।   



यो पुस्तक पढेर के निष्कर्षमा पुगिन्छ भने दलित मुक्तिको आवाज आज उठेको होइन। तर, जुन व्यापकताका साथ यसले उचाइ पाउनुपथ्र्यो र आज उँचनीचविहीन समाज भइसक्नुपथ्र्यो, त्यो हुन सकेको छैन। हिजो धर्मलाई दोष दिइन्थ्यो। धर्मसापेक्ष राज्यलाई दोष दिइन्थ्यो। त्यसैले दलित मुक्तिको कामना गर्ने समाजको प्रगतिशील तप्का राजनीतिक तहबाट त्यस्ता पुरातन कुसंस्कारलाई संरक्षण दिने राज्य, कानुन र व्यवस्थाविरुद्ध लडे। आन्दोलनमा सहभागी भए। तिनकै बलमा व्यवस्था बदलिए। शक्ति सन्तुलन फेरयिो। कागजमा समानताका सुन्दर अक्षरहरू कोरएि। तर, समाजमा समस्या ज्यूँका त्यूँ छन्, किन ? राजनीतिक व्यवस्था फेर्न सक्ने, धर्मसापेक्षलाई निरपेक्ष घोषणा गर्न सक्ने, शदीऔँ पुरानो विरासत भएको राजनीतिक शक्तिलाई समेत पल्टाउन सक्ने र अब राज्यकै पुनःसंरचना गर्न तम्सिएका राजनीतिक शक्तिहरूले अब यो प्रश्न कुनै धर्माधिकारी वा अमुक राजनीतिक संस्थालाई दोष दिएर पन्छिन मिल्दैन। त्यसैले दलन समस्यालाई बुझ्ने, समाधानका लागि पहलकदमी गर्ने/नगर्ने वा केकसरी गर्ने भन्नेबारेको यो अन्तरविरोधमा मन्थन झन् टड्कारो आवश्यकता बनेको छ। यी पुस्तकले समस्यालाई अझ गहिराइमा पुगेर बुझ्न मद्दत गर्छन्। 



दलित सौन्दर्य-बोध पुस्तक साहित्य-कलाका माध्यमबाट जातीय विभेद र मुक्तिको विषय कसरी उठाइएको छ भन्ने प्रश्नमा केन्दि्रत छ। दलित साहित्य र सौन्दर्यशास्त्र विषयमा गरएिको अन्तरक्रियाका सारसंक्षेप पनि पुस्तकमा प्रस्तुत छ। समसामयिक साहित्यमा दलित चेतना र दलित सौन्दर्य-बोधको स्थान निर्धारण गर्ने प्रयास पनि विभिन्न लेखकद्वारा भएको छ। तर, पुस्तकको शीर्षक अनुरूप खास दलित सौन्दर्य-बोधको प्रतिनिधित्व गर्ने सिर्जनाको संकलन र विश्लेषण यसमा छैन। 



नेपाली समाजका विभेद, अन्याय र अत्याचारलाई सशक्त रूपमा व्यक्त गर्ने क्षेत्र भनेको लोकसाहित्य हो। खास दलित चेतना लोकजीवनमा चलेका गीत, गाथा, लोकनाट्य, उखान-टुक्काहरूमा छ। ती मार्मिक, सारगर्भित र जीवन्त रचनाहरूलाई छाडेर आज चलेका नाराबाजीमा आधारति रचनाहरू कम साहित्यिक, बढी बनावटी लाग्छन्। अझ दलित समुदाय उसले गर्ने कर्मका आधारमा वर्गीकृत समुदाय हो। उसको सामाजिक स्थान हेयपूर्ण भईकन पनि उसको कर्म कलापूर्ण छ। गाइनेका गीत, मूर्तिकारका मूर्ति, सिकर्मीका वास्तुहरूमा दलित जीवनको वास्तविक गीत र आह्वान छ। ती कलामा कुँदिएका उसका भावना र अभिव्यक्तिहरूको अध्ययन हुन सके मात्र वास्तविक दलित-सौन्दर्यबोध हुनेछ। दलित सौन्दर्यशास्त्रका आधार पनि त्यसबाट तय हुनेछन्। यद्यपि, दलितको कोणबाट, सामाजिक न्याय र विभेदहीनताको अपेक्षाका साथ साहित्य-कलालाई समीक्षा गर्ने परपिाटी यसै पनि प्रशंसनीय नै छ।     



नेपाली समाजको इतिहास, परम्परा, संघर्ष र द्वन्द्वको ऐतिहासिक अभिलेखीकरण हुँदाहुँदै पनि यी पुस्तक बढी विवरणात्मक छन्। दलनविरुद्ध प्रतिरोधमा समेटिएका कतिपय लेख त कुनै गैरसरकारी संस्थाका प्रतिवेदनजस्ता लाग्छन्। समयको व्यापकता, विषयगत विविधता र लेखकीय विशेषज्ञताका हिसाबले एउटै पुस्तकमा धेरै कुरा समेट्न खोजिएको छ। तर, समेटिएका विषयवस्तुहरूको संगठन र प्रस्तुति पक्ष फितलो छ। छानिएका विषय, लेखक र संकलित सामग्रीहरूको एकमुष्ट प्रवृत्तिगत विश्लेषण र आगामी दिग्दर्शन दिन दुवै पुस्तक असमर्थ छन्। त्यसैले पुस्तकमा संग्रहित सामग्रीलाई अझ गहन र प्रभावपूर्ण बनाउन सकिने ठाउँ हुँदाहुँदै सम्पादन/संयोजन पक्ष चुकेको देखिन्छ। विषयगत महत्त्वका हिसाबले यी दुवै कृति आ-आफ्नो ठाउँमा मूल्यवान् छन्। त्यसैले विषय र प्रस्तुतिका हिसाबले यी दुवै कृति पठनीय छन्। 



दलित सौन्दर्य-बोध

सम्पादक  :   राजेन्द्र महर्जन

प्रकाशक   :  समता फाउन्डेसन

पृष्ठ   :   ३०४

मूल्य   :  ४०० रुपियाँ 


दलनविरुद्ध प्रतिरोध

सम्पादक   :   राजेन्द्र महर्जन, यामबहादुर किसान

प्रकाशक   :   समता फाउन्डेसन

पृष्ठ   :   ३५४

मूल्य   :  ५०० रुपियाँ 

No comments:

Post a Comment