पूर्व अध्यक्ष सूर्यबहादुर विश्वकर्माको निधनप्रति गहिरो दुःख व्यक्त

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
भाद्र ३०, काठमाण्डौंँ
जागरण मिडिया सेन्टरले दलित नेता एवम् नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सूर्यबहादुर विश्वकर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको
सामाजिक न्याय समानताका लागि निरन्तर लडिरहने एक लगनशील पत्रकार जुझारु दलित नेताको निधनले पत्रकारिता तथा दलित आन्दोलनमा अपुरणीय क्षति पुगेको हामीले महसुस गरेका छौँविज्ञप्तीमा भनिएको , “नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ प्यूठानका पूर्व अध्यक्ष, रेडियो प्यूठानका प्रबन्ध निर्देशक, अधिवक्ता तथा समाजसेवी समेत रहनुभएका विश्वकर्मा जागरण मिडिया सेन्टरका अभिभावक एवम् शुभचिन्तक समेत हुनुहुन्थ्यो उहाँ दलित समुदायको क्षेत्रबाट पत्रकार महासंघको नेतृत्वमा पुग्ने नेपालकै दोश्रो जिल्ला सभापति हुनुहुन्थ्यो सेन्टरका महासचिव दिपक परियारद्वारा जारी विज्ञप्तीमा शोकाकुल परिवारजनमा समवेदना प्रकट गदै  दुर्घटनामा घाइते हुनुभएकी रमा वि..(मृतक विश्वकर्माकी श्रीमती) को शीघ्र स्वास्थ्य लाभको कामना गरिएको
आईतबार विहान प्यूठानबाट श्रीमती सहित बुटवल जाँदै गर्दा उहाँ सवार बा १८१२ नम्बरको आफ्नै टाटा सुमो दुर्घटना हुँदा ४४ वर्षीय विश्वकर्माको निधन भएको हो सुमो रुपन्देहीको सालझण्डी सीतापुरमा सडक छेउको ठुलो पिपलको रुखमा ठोक्किएर १० मिटर तल पोखरीमा खस्दा उहाँको निधन भएको प्रहरीले जनाएको दुर्घटनामा अन्य जनाको पनि ज्यान गएको रेडियो प्यूठानका प्रबन्ध निर्देशक, उद्योग वाणिज्य संघ प्यूठानका पूर्व अध्यक्ष, अधिवक्ता समेत रहनुभएका विश्वकर्मा जिल्लाको सामाजिक क्षेत्रमा निकै क्रियाशिल हुनुहुन्थ्यो  


No comments:

Post a Comment