भतिजीको हत्या गरेको आरोपमा मनबहादुर विक थुनामा

कास्की । ०७१ भदौ २१ गते  

पाँच वर्षीया बालिकालाई हत्या गरेको आरोपमा रिभान गाविस-४ का २९ वर्षीय मनबहादुर विकलाई जिल्ला अदालतले भदौ २० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

आरोपित विकले भतिजी पाँच वर्षीया बालिकालाई साउन २९ गते विद्यालयबाट फर्कदै गरेका बेला पाउरोटी किनिदिन्छु भनी दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको भन्दै बालिकाका बाबु वैशबहादुर विकले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । बालिकालाई हत्यापछि भाग्दै गरेको अवस्थामा आरोपितलाई प्रहरीले ल्वाङघलेल गाविसबाट सोही दिन साँझ गिरफ्तार गरेको थियो ।

No comments:

Post a Comment