छुइन्छ भन्दै आँगनबाट लखेटने दुई युवाबिरुद्ध उजुरी

०७१ माघ १८ गते, उदयपुर । 
सार्वजनिक स्थलमा जातीय विभेद गरेको भन्दै पञ्चावती गाविस-४ बोहोरीबोटका ५५ वर्षीय ध्रुवबहादुर सार्की र ४५ वर्षीया मधुमाया सार्कीले स्थानीय दुई युवाबिरुद्ध माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।माघ १६ गते स्थानीय भक्तबहादुर रानामगरको आँगनमा छेवरको निम्तो मान्ने क्रममा ४० वर्षीय राजु रुवाले मगर र २४ वर्षीय माधव रुवाले मगरले सानो जातको मान्छे छुइन्छ भन्दै जातिय विभेद गरी आँगनबाट लखेटेको उजुरीमा उल्लेख छ ।

सामाजिक रितअनुसार छेवर प्रकृया अगाडि बढिरहदाँ मावली भेटघाट कार्यक्रममा आरोपितहरूले 'आँगन साँघुरो छतिमीहरूलाई छोईन्छ र छोएपछि कसैले खाँदैनभन्दै गालीबेइज्जती गरी लखेटेको पीडित ध्रुवले बताए ।पीडित ध्रुवले छेवरको भतेर (खानाखान लाग्दासमेत आरोपितहरूले अलग्गै बसेर खाने भए खाउँ नत्र घर गए हुन्छ भनेपछि आफूहरू सहन नसकेर त्यहाँबाट घर आएको बताए । भोलिपल्ट माघ १७ गते आरोपितहरू पुनः घर आएर हामीहरूले जे भन्यो त्यहीँ मान्नु पर्छसानो जात भएर व्यवहार पनि सानै गर्नु पर्छ हैन भने गाउँबाटै निकाल्ने धम्की दिएपछि न्यायका लागि प्रहरीकोमा आएको पीडितका छोरा बिष्णुबहादुर सार्कीले बताए ।

घटनाको बिषयमा उजुरी भर्खरै परेकाले छानविन गरी कारवाही प्रकृया अगाडि बढाइने एसपी टेकबहादुर गुरुङ्गले बताए । उनले आरोपितहरूलाई गिरफ्तार गर्न मातहतको प्रहरीचौकी उदयपुर गढीलाई पत्राचार गरिसकिएको जानकारी दिए । 

No comments:

Post a Comment