४१ जना दलित सभासद संविधानसभा भित्रै लड्न जरुरी -सुनार

IMG_4261IMG_4255
माघ २३

जागरण मिडिया सेन्टर,काठमाण्डौं ।
संविधानसभामा आफुहरुको काम ताली वजाउने मात्र भएको सभासदहरुले गुनासो गरेका छन् । नेपाली कांग्रेसका सभासद खड्क वहादुर वस्यालले सभासदले ताली वजाउने वाहेक अरु काम नभएको बताउनुभयो । दलका नेतृत्वले सहमती गर्लान् भनेर कुरेर बस्यौं अहिलेसम्म सहमती हुन सकेन, अहिले पनि अधिकाँश सभासद अलमलको अवस्थामा छौं, उहाँले भन्नुभयो ।
नेकपा एमालेकी सभासद टेकु नेपालीले विगतको संविधानसभाका उपलव्धिको रक्ष ागर्न पनि मुस्किल हुने अवस्था आएको बताउनुभयो । दलित गैरसरकारी संस्था महासँघका अध्यक्ष गजाधर सुनारले ४१ जना दलित सभासद संविधानसभाभित्रै लड्न जरुरी रहेको बताउनुभयो ।
जागरण मिडिया सेन्टर र सामरी उत्थान सेवाद्धारा विहिवार आयोजित अन्तरक्रियामा समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले दलित दलितबीच हुने विवादका कारणले अन्य समुदायले अवसर पाउन सक्ने भएकाले दलित आन्दोलनको एकता र सहकार्यमा जोड दिनुभयो ।
नेपाल उत्पिडित जातिय मुक्ति समाजका महासचिव गणेश विकेले संविधानमा दलित अधिकार के हुने भन्ने कुरा अन्यौलमै रहेको दावीगर्नुभयो ।
दलितका उपलव्धि जोगाउन चुनौती
 विभिन्न राजनीतिक दल नेताले दलित समुदायका वारेमा पहिलो संविधानसभाबाट प्राप्त उप्िलव्धि कटौटी हुने खतरा वढ्दै गएको जनाउदै संसद, सडक र पार्टीभित्र तीव्र संघर्ष गर्नुपर्ने जनाएका छन् । जागरण मिडिया सेन्टरद्धारा विहिवार राजधानीमा आयोजित अन्तरक्रियामा विभिन्न दलका दलित नेताले उत्पिडित समुदायका लागि लड्ने मुल्य ठुला दलले नै माग गर्दै आएको समानुपातिक निर्वाचन प्रणाली समेत कटौती गर्न खोजेको आरोप लगाए ।
नेपाली काँग्रेसका नेता तथा सभासद खड्क वहादुुर वस्यालले संविधानका विवादित विषयलाई लिएर सभासद प्रश्नावली सहित जनताका जाँदा दलित नेतालाई प्राप्त उपलव्धिलाई जोगाउन कठिन भएको गुनासो गर्नुभयो । नेकपा एमालेकी नेत्री तथा सभासद टेकु नेपालीले समयमै संविधान जारी हुन नसक्दा सबैभन्दा वढि दलित, महिला, मधेसी र आदीवासी जनजाति लगाएत युगौदेखी उत्पिडनमा पारिएका समुदायलाई घाटा लाग्ने हुँदा जति सक्दो चाँडो संविधान लागि सकरात्मक दबाब सिर्जन ागर्नुपर्ने बताउनुभयो ।
एमाले निकट मुक्ति समाजका महासचिव गणेश विकेले विवादित विषयमा तयार गरिने प्रश्नावलीमा दलित समुदायको विषयलाई पनि समावेष गर्नुपर्ने माग गर्नुभयो । दलित आन्दोलनका अगुवा पदम सुन्दासले दलित समुदायले उठाउदै आएको पुर्ण समानुपातिकनिर्वाचन प्रणालीबाट प्रष्ट धारणा राख्न नेतासँग आग्रह गर्नुभयो । दलित गैर सरकारी सस्था महाँसंघका अध्यक्ष गजाधर सुनारले दलित समुदायबाट संविधानसभामा प्रतिनिधीत्व गर्ने ४१ जना सभासदले संसदभित्र तीव्र रुपमा आफ्ना सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment