मनकामनामा पहिलो पटक दलित समुदायबाट सामूहिक ब्रतबन्ध

टेकेन्द्र बस्याल
फागुन १४ कोहलपुर, 

बागेश्वरी–५ मनकामनाका ४९ बर्षीय रामेश्वर उपाध्यायले पुरोहित काम गर्न थालेको ३८ बर्ष भयो । १२ बर्षको उमेरदेखि पुरोहित काम गर्न थालेका उनले ३८ बर्षको अवधिमा दलित बालबालिका र युवाहरुको ब्रतबन्ध आँफुले पनि गरेनन् र गरेको पनि देखेका थिएनन् । सौभाग्य उनले बुधबार मनकानास्थित दुर्गा कालिका मन्दिरमा जारी विराट शिवपुराण महायज्ञमा पाँच जना दलितको सामुहिक ब्रतबन्ध गराए । ब्राहमण र क्षेत्रीले गर्ने ब्रतबन्ध दलित समुदायले गर्नुहुँदैन् भन्ने सामाजिक कुसस्कार तोर्दै उपाध्यायले स्थानीयको आलोचना र विरोधका बीच ब्रतबन्ध गराई छोडे । मनकामनाका २१ बर्षीय प्रदिप परियार, ९ बर्षीय सन्देश विक, १८ बर्षीय सुजन विक, १९ बर्षीय अविशेष विक र १६ बर्षीय अविलाश विकले महायज्ञस्थित कालिका मन्दिरको अग्किुण्डमा ब्रतबन्ध गरे । उनले दलितले ब्रतबन्ध गर्नुहुन्न, जनै लगाउनुहुन्न भन्ने परम्परागत मान्यतलाई तोड्दै ब्रतबन्ध गरी जनै लगाईदिए । ‘जिल्लामा पहिलो पटक दलित समुदायबाट सामूहिक ब्रतबन्ध भयो, मैले समेत गरेको देखेको थिएन्,’ उनले भने, ‘ब्रतबन्ध कुनै जातीले गर्ने, कसैले नगर्ने भन्ने हुँदैन्, वेद पढ्नुपर्छ, कर्मगर्नु पर्छ, सबैले मिल्छ ।’ 
जसले कर्मकाण्डा पुरा गर्छ जसले पनि ब्रतबन्ध गरी जनै लगाउने मिल्ने बताउँदै उपाध्यायले आफ्नै अग्रसरतामा ब्रतबन्ध गरिदिए । ‘जातभात भन्ने हिन्दुधर्ममा छैन्, त्यो त काम र सीपमा भएको हो,’ उनी भन्छन्,‘ जसले धर्मकर्म, वेदपुराण, पुरोहित गर्छ, उही ब्राह्मण हो ।’ उनी दुर्गा कालिका मन्दिरका पुजारी हुन् । मन्दिरकी पुजारी गीतादेवी उपाध्यायले नँया काम गर्न केही नराम्रो हुने बताउँदै दतिलको ब्रतबन्ध गराउँदा गाउँमा केहीलाई नराम्रो र अप्ठेरो लागेको बताईन् । ‘यहाँ पहिलो पटक मन्दिरमा दलितको सामूहिक ब्रतबन्ध भएको बताउँदै उनले शास्त्रमा विभेद नभएपनि विभेद तोड्न आँफू परिवर्तन हुुनुपर्ने भनिन् ।’ पहिलो पटक सामूहिक ब्रतबन्ध गरेर नँया काम भएको उनले बताईन् । वैधिक नियमअनुसार ८ देखि १६ बर्ष अर्थात विवाह गर्नुपूर्व ब्रतबन्ध गरिसक्नुपर्छ । ब्रतबन्ध गर्नेले जाँडरक्सी, माछामासु नखाने र ऋषि वेद र धमुर वेद अध्ययन गर्नुपर्छ । ब्रतबन्धमा ८१ सुते धाराका जनै लगाउने गरिन्छ । सामूहिक ब्रतबन्ध गरेका अविशेष विकले नेपाली हिन्दु धार्मिक संस्कार, मान्यता र आस्था जोगाउन र दलितले गर्नुहुँदैन भन्ने मान्यता तोड्न ब्रतबन्ध गरेको बताए ।
 ब्रतबन्धपछि धार्मिक कर्म गर्ने संकल्प गर्दै उनले दलितको ईज्जत, मानप्रतिष्ठा र विभेदपूर्ण भावना हटाउन नँया काम गरिएको भने । महायज्ञ चलिरहेको स्थानमा दतिलले सामूहिक ब्रतबन्ध गर्ने कुराले स्थानीयमा केही समय विवाद समेत भएको थियो । विवाद र आलोचनका बीच पाँच जना दलितको सामूहिक ब्रतबन्ध गरिएको स्थानीय अगुवा एकमाया विकले बताईन् । ‘यहाँ अहिलेसम्म कुनै दलितले ब्रतबन्ध गरेका छैनन्, गर्न पनि दिएको थिएन्,’ उनले भनिन्, ‘सामाजिक कुसंस्कार तोड्न् र शिक्षित दलित युवालाई पुरोहित शिक्षा लिनुपर्छ र गर्नुपर्छ भन्ने नँँया काम भयो ।’ सामूहिक ब्रतबन्ध कार्यक्रममा दलितबाहेक तीन जना ब्राह्मण समुदायका समेत उपस्थित थिए । उमेर पुगेपछि छोराको ब्रतबन्ध अर्थात् उपनयन गर्नु त हिन्दू परम्परा नै हो । तर दलितको ब्रतबन्ध भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । विधिपूर्वक ब्रतबन्ध पुरा गरेका पाँच दलित बालक र युवाहरुले जिल्लामै नँया रेर्कड कायम गरेका छन् ।
source:- nagarik

No comments:

Post a Comment