दलित समुदायको प्रतिनिधत्व गर्दै सगरमाथा आरोहण गरिने

फागुन ३, काठमाडौं
दलित समुदायको प्रतिनिधत्व गर्दै सर्वप्रथम सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ । बोष्टर मिडियाद्वारा आइतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा दलित विजय घिमिरे विश्वकर्माले दलित समुदायबाट आजसम्म कसैल पनि सगरमाथा आरोहण गरेको रेर्कड नभएकाले आफुले उक्त ऐतिहासिक रेर्कड राख्न खोजेको बताए । सगरमाथा आरोहणमा आजसम्म दलित समुदायबाट प्रतिनिधित्व हुन नसकेको हुँदा आफुले सन २०१५ भित्रै सगरमाथा आरोहण गर्ने प्रयास थालेको विश्वकर्माले जानकारी दिए । सर्वोच्च सिखर सगरमाथा आरोहणका क्रममा विश्वकर्माले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल र दाप सहितको खुकुरी लिएर जाने भएका छन् । 
पर्वतारोहण आधारभुत तालिम लिइसकेका विश्वकर्माले आर्थिक समस्याका कारण आफु धेरै पहिले देखि शिखर चढ्न उत्साहित भएपनि अभावले खुट्टा तानीरहेको गुनासो गरे । “सर्वोच्च शिखर सगरमाथा पिछडिएका दलित समुदायको पनि उत्तिकै गौरवको विषय हो र हामिले पनि प्रतिनिधित्व गर्नु आवश्यक छ तर मेरो निम्न आर्थिक हैसियतका कारण म भित्र साहस भएर पनि आर्थिक समस्याले मलाइ धेलिरहेको हुँदा समस्यामा छु ” उनले भने । सोलुखुम्बु जिल्ला घर भएका विश्वकर्माले यस अघि ६ हजार मिटर अग्ला हिमाल चढिसकेका छन् । कार्यक्रममा एमाले सभासद मोहनसिंह राठोरले दलित समुदायले गर्न लागेको ऐतिहासिक सगरमाथा आरोहणमा आफु हरतरहका सहयोगका लागी तत्पर भएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment