दलित महिला सवाल र सरोकार निकायको प्रतिबद्धता विषयक छलफल


माघ २९, कञ्चनपुर
जिल्लाका अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिले दलित र महिलाहरु सामाजिक रुपमा विभेदमा पर्दै आएको बताएका छन् । दलित महिला सवाल र सरोकार निकायको प्रतिबद्धता विषयक छलफलमा उनीहरुले देशमा लोकतन्त्र, समावेशीकरण निति आएपनि दलित समुदाय र महिलाहरु विभेदबाट छुटकरा पाउन नसकेको बताए । महिला अधिकारकर्मी तथा दलित महिला संघ अध्यक्ष दुर्गा सोवले पुरुषकै कारण दलित र महिला सामाजिक रुपमा विभेद र थिचोमिचोमा परको बताईन् ।
 विभेद हटाउन सबै मिलेर अभियानका रुपमा काम गर्नुपर्ने उनले धारणा राखिन् । सहभागी अधिकारकर्मीले राजनैतिक पार्टीभित्र दलित र महिलाले बहस र छलफल चलाउनुपर्नेमा जोड दिए । जिल्ला शिक्षा अधिकारी पद्मराज भट्टले दलित र महिला विभेदमा रहेकोले शिक्षाको पहूँच बढाउन सके विभेद हट्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले महिला र दलित विभेदमा रहेकोले हिँसाको सिकारमा हुने गरेको बताए । विभेदकै कारण आर्थिक, शैक्षिक रुपमा समेत दलित र महिला अगि बढ्न नसकेको सहभागीले जनाए ।

No comments:

Post a Comment