तराईका दलित र जनजाति बढी सीमान्तकृत र पिछडिएको पाइए

काठमाडौं, (नेस)
सामाजिक समावेशीय हिसाबले तराईका दलित र जनजाति बढी सीमान्तकृत र पिछडिएको पाइएको छ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र र मानवशास्त्र केन्द्रीय विभागले गरेको एक सर्वेक्षणले सो अवस्था उजागर गरेको हो। सोमबार सार्वजनिक गरिएको सो सर्वेक्षण ९८ जातजातिहरूको प्रतिनिधित्व हुने गरी १४ हजार ७ सय ९ घरपरिवारमाथि गरिएको हो।
सर्वेक्षणले तराईका दलितमा वांतर, चमार, चिदीमार, डोम, धोवी, दुसाद, हल्खोर खत्वे, मुसहर र तत्माहरूको अत्यन्त पिछडिएको स्थिति उजागर गरेको छ।
त्यस्तै पिछडिएका तराईका आदिवासी जनजातिहरूमा बोटे, झाँगड, उराँव, किसान रहेका छन्। यसपछि सीमान्तकृत पहाडका दलितहरू रहेका छन्।
“जनसंख्याको चाप बढी तराईमा छ , सीमान्तकृत पनि तराईमै यस हिसाबले समावेशी, आरक्षणजस्ता कार्यक्रमहरू बढी तराईमा केन्द्रित गर्नुपर्ने देखिन्छ।’ प्रतिवेदन सार्वजनिक गर्दै डा दिल्लीराम दाहालले भन्नुभयो।

No comments:

Post a Comment