गौबध र गणतन्त्र नेपाल - डिकबहादुर विश्वकर्मा

ज्यूँदै गाई काटेर मासु खाएको आरोपमा पक्राउ परेका गुल्मी जिल्लाको ह्वाङ्दी गाविस–४ का काले भत्रे धनबहादुर वि.क.लाई जिल्ला प्रहरी कार्यालय गुल्मीले २०७० भाद्र १५ गते शनिबारका दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको समाचार प्रकाशमा आएको छ । प्रहरीले निजविरुद्ध गौ–बध मुद्दा अदालतमा दायर गरेको छ । सो मुद्दामा साबित ठहरेमा निज वि.क.लाई हालसम्म कायमै रहेको मुलुकी ऐन, महल ७ को ‘चौपायाको’ दफा ११ अनुसार दिव्य बाह्र वर्षको कठोर जेल सजाय हुने पक्का छ ।
अब यहाँ चर्चा गर्नुपर्ने कुरो के हो भने हिन्दु शासनव्यवस्था पूर्ण रुपमा हटेर गणतन्त्र एवं धर्मनिरपेक्षसमेत घोषणा भइसकेको हालको नेपालमा, छिमेकी देशहरुलगायत सारा संसारका मान्छेहरुले राँगा–बोकासरह नियमित काटेर खाइरहेको पशु, गाईलाई काटेर खाएको मात्र एउटा तुच्छ कारणमा काट्ने मान्छेलाई सजाय हुनु, त्यो पनि बाह्र वर्षको जेल सजाय हुनु ! मानवाधिकारको दमाहा पिट्ने यो देशमा उचित छ वा छैन ?
हिन्दु धर्मग्रन्थहरुमा गौ–हत्या र गौ–मांस भोजनको इतिहास खोज्ने हो भने यत्रतत्र पाइन्छ । यज्ञ गर्दा अश्वमेध, नरमेध यज्ञ गरेजस्तै गाईलाई मारेर प्रसादस्वरुप सबैले मासु खाने ‘गोमेध’ यज्ञ पनि गरिन्थ्यो । त्यस्ता गोमेध यज्ञहरुमध्ये महाकवि कालिदासकृत ‘मेघदूत’मा वर्णित राजा दुष्यन्त र रानी शकुन्तलाका वंशज राजा रन्तिदेवले काटिएका गाईहरुका छालाबाट बगेका रगतले चर्मन्वती नामक खोलो नै बग्नेगरी, असंख्य गाई काटेर गरेको गोमेध यज्ञ धार्मिक जगतमा चर्चित छ ।
त्यसैगरी महाकवि भवभूतिकृत ‘उत्तर रामचरित’का अनुसार एकदिन महर्षि वाल्मीकिको आश्रममा बास बस्न पुगेका महर्षि वशिष्ठ (भगवान रामका गुरु)ले अतिथि सत्कारको क्रममा वाल्मीकिले टक्रर्यािएको गाईकी करौली बाच्छीको मासु र मधुपर्क नामक रक्सी पेटभरि खाएर तृप्त भएको कुरा वाल्मीकिका शिष्यद्वय सौधातकि र भांडायनको संवादमा उल्लेख छ ।
यसरी पौराणिककालमा गाईको मासु मिठो मानीमानी खाने बाहुनहरुले कालान्तरमा गाईको मासु खान च्यात्तै छोडेर मान्छेमा आफूहरुलाई र पशुमा गाईलाई कसैले मार्न नहुने (अबध्य) बताए साथै यसबारे सधैं आफ्नो मुट्ठीमा रहेका हिन्दु राजाहरुबाट राजाज्ञा नै जारी गराए । मुसलमान शासकहरुबाट हमला हुनुअघिसम्म प्रायः भारतभरि मान्छेमा बाहुन र पशुमा गाई अबध्य घोषित थिए । बाहुनले जस्तोसुकै अपराध गरे पनि उसलाई मार्न नहुने सर्वमान्य व्यवस्थाकै कारणले राजाहरु पनि बाहुनसँग निरीह बन्थे । मगधका राजा धनानन्दले आफ्नो ज्यानी दुश्मन चाणक्यलाई मार्न नपाएर देश निकाला गर्न बाध्य भए, पछि उनै चाणक्यले चन्द्रगुप्त मौर्यको सहयोगबाट धनानन्दको वंशनाश गरे ।
नेपालमा पनि हिन्दु राजाहरुले शासनको सुरुवातदेखि नै बाहुन र गाईलाई अबध्य धोषित गर्दै आएको देखिन्छ । १९१० सालमा बनेको पहिलो मुलुकी ऐनदेखि सो कुरा लिखित रुपमै व्यवस्थित गरियो । त्यसैको फलस्वरुप १९९७ सालमा गाथगादि एवं राजद्रोहको अभियोगमा संगै पक्राउ परेका नेपाल प्रजापरिषदका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई राणाशाहीले ज्यान सजाय दियो, तर टंकप्रसाद आचार्य र रामहरि शर्माले बाहुन भएका र कानुनतः अबध्य भएका कारण आजीवन जेल सजाय पाए । त्यसको १० वर्षपछि २००७ सालको जनआन्दोलनले गर्दा राणाशाही हट्नासाथ ती दुबै जना बाइज्जत जेलमुक्त भए भने आचार्यले २०१३ सालमा नेपालको प्रधानमन्त्री हने अवसर समेत पाए ।
त्यो कानुन कायमै रहेको अवस्थामा २०१८ माघ ९ गते सोमबारका दिन धनुषा जिल्लाको जनकपुर बजार अवलोकन भ्रमण गरिरहेका बेला तत्कालीन राजा महेन्द्रको जिपमा एक्कासी बम प्रहार भयो, राजा रौंप्रमाणले बाँचे । सुराकी लगाउँदे जाँदा केही महिनापछि अपराधी पक्रियो । तत्कालीन कानुनअनुसार गाथगादी राजकाजसम्बन्धी मुद्दाका सामान्य अपराधीलाई त ज्यान सजाय हुन्थ्यो भने स्वयं गद्दीनसीन श्री ५ को ज्यानी दुश्मनलाई मृत्यु दण्ड नहुने कुरै थिएन । तर अपराधी परे—बाहुन, दुर्गानन्द झा, तत्काल विद्यमान कानुनले मार्नै नहुने—अबध्य ! राजा सकसमा परे !!
२०१२ बैशाखमा इन्डोनेशियाको बाङ्डुङमा सम्पत्र विभित्र २९ देशको शिखर सम्मेलनमा मानवाधिकार विषयमा नेपालको तर्फबाट बोल्दा नेपालमा सबै नागरिकले समान रुपले हक अधिकार पाएको, कानुनतः कोही कसैलाई भेदभाव नभएको भनी उत्कृष्ट भाषण छाँटेकोमा राजा महेन्द्रले तत्कालै वाहवाही पाएका थिए । तर केही घण्टापछि नै नेपालमा जातीय भेदभाव र उत्पीड़न कानुनी रुपमै विद्यमान रहेको भेद खुलेपछि पत्रकारहरुको प्रश्नका पर्राको समुचित उत्तर दिन नसकी उनी जसोतसो पिण्ड छुटाएर नेपाल फर्के । त्यति बेलैदेखि उनले नेपालमा, जातअनुसार सजायको व्यवस्था रहेको राणाकालीन मुलुकी ऐन खारेज गरी कसुरअनुसार सजायको व्यवस्था गर्ने नयाँ मुलुकी ऐन ल्याउनुपर्ने टड़कारो आवश्यकता महसुस गरेका थिए । सो जनकपुर–काण्डले गर्दा उनलाई ‘कानोले आँखो’ पाएझैं अनुकुल अवस्था मिल्यो । फटाफट साबिक मुलुकी ऐन खारेज गरी उनले २०२० भदौ १ गतेदेखि लागु हुनेगरी नयाँ ‘मुलुकी ऐन २०२०’ जारी गरी हाले ।
जातिपातिसम्बन्धी भेदभावका कुनै कुरा नराखिएको नयाँ मुलुकी ऐनले राजालाई ३ कुराको तुरुन्तै फाइदा भयो । १) मान्छे जति सबैलाई कसुरअनुसार समान सजाय हुने भएपछि त्यस बखतसम्म सुन्दरीजलको जेलमा थुनामा राखिएका बाहुन–अपराधी दुर्गानन्द झालाई ज्यान सजाय दिन बाटो खुल्यो र निजलाई त्यही सालको माघ १५ गते त्यहीं फाँसी दिइयो । २) जातिभेदयुक्त राणाकालीन कानुन हटाउनाले विश्वको नजरमा राजा महेन्द्र सुधारवादी देखिए । ३) जातीय समानताका लागि बागलुङका भगत सर्वजित विश्वकर्माको पालादेखि सरकारसँग कानुन निर्माणको माग गर्दै आएका संघर्षरत दलितहरुले पनि, अन्तरजातीय विवाह गरेका कारण देशभरिका विभित्र जेलमा थुनिएर बसेका ३५० जना कैदीहरु नयाँ मुलुकी ऐन लागु भएकै दिन रिहाइ भएको हुँदा त्यसलाई कानुनी रुपमा समानताको सुरुवात ठानी भविष्यप्रति आशावादी हुँदै राजा महेन्द्रको जयजयकार गरे ।
यसरी बाहुनजातिको अबध्यता हट्यो भने पशु–गाईको अबध्यता अहिलेसम्म किन हटाइएको छैन ? नेपालमा गाईलाई पुजा गर्ने हिन्दुहरु मात्र बसेका त छैनन् । यहाँ गाईलाई केवल भैंसी, घोडा आदि सरह सामान्य पशु मात्रै ठान्ने गैरहिन्दुको जमात पनि हिन्दुको भन्दा धेरै छ । हिन्दु राजाको मनुवादी निरंकुश शासन छँदासम्म गैरहिन्दुलाई जबर्जस्ती दबाएर राखिएको थियो । अब देश गणतन्त्र र धर्मनिरपेक्ष भइसकेको अवस्थामा कसैले दबाएर राख्ने कुरा कसैलाई मञ्जुर हुन सक्दैन ! पशुका लागि मान्छेहरु एकापसमा लड्नु मूर्खता नै हुन्छ ।
आजकल गाईको मासु सनातनी खाने देश जस्तैः अमेरिका, युरोप, अफ्रिका, अष्ट्रेलिया, जापान, मलेशिया, मध्यपूर्व आदि विश्वका सबै ठाउँका चप्पाचप्पामा नेपाली पुगेको अवस्था छ । ती नेपाली र तिनका नेपालमै रहने परिवार नातागोता कुनै न कुनै रुपले गाईको मासु वा त्यो मासुको झोलको संसर्गबाट अछुतो रहन सकेका छैनन् । कति नेपालीका घरमा त गाईको मासुका सिलप्याकले भरिएका झोलाहरु नै भित्रिएका पनि छन् । विदेशी विधर्मी केटी वा केटासँग बिहे गर्नै नेपाली युवा जमात बढ्दो छ ।
उनीहरुले ल्याएका विदेशी विधर्मी बुहारी वा ज्वाईंसाहेबका झोलामा भित्रिएका त्यस्ता सिलप्याकहरुले आफूलाई खुब उँचा कुलका आर्यवंशी ठात्रे नेपाली परिवार र नालनाता समेतका घर–घरका आँटी र चुला–चौकामा समुचित स्थान पाइरहेका छन् । देशका जनताको गौ–मांसप्रति यस्तो उदार र सकारात्मक व्यवहार भइरहेको अवस्थामा ‘गाई काट्नेलाई बाह्र वर्ष जेल हुने’ अनुदार र जंगली कानुन अहिलेसम्म कायम राख्नु र त्यसअनुसार धनबहादुर वि.क.जस्ता मान्छेलाई सजाय गर्नु कहाँको न्याय हो ? नेपालमा काटिने गाई र विदेशमा काटिने गाईमा फरक त पक्कै छैन होला !
यी सब कुरामा नेपाल सरकारले समयानुकूल विचार गरी तत्काल गौबधसम्बन्धी विद्यमान सबै कानुन खारेज गर्नुपर्दछ । त्यसको सट्टा समुचित दण्डनीतिको व्यवस्था गरी निज धनबहादुर वि.क.लाई जेल दण्ड होइन अर्थ दण्ड गरिनुपर्छ ।
त्यसरी मात्र एउटा पशु मारेको कसुरमा धनबहादुर वि.क.ले बाह्र वर्षको जेल सजाय पाए भने त्यो कुरा नेपालका मात्र नभै संसारभरिकै मानवाधिकारकर्मीहरुका लागि लाज र चुनौतीको विषय हुनेछ । अतः यसबारे मानवाधिकारकर्मीहरुको तत्काल ध्यानाकर्षण हुनु जरुरी छ भने सम्पूर्ण गैरहिन्दुलगायत प्राकृतिक न्यायप्रेमी सबैले आवाज उठाई धनबहादुर वि.क.लाई न्याय दिलाउनु जरुरी देखिन्छ ।

source: esamata

 विश्वकर्माले जातीय विभेदबारे लेख्दैअाएका छन् ।

No comments:

Post a Comment