समानुपातिक महिला सभाष्द् आशा विकलाई सम्मान

टेकेन्द्र वस्याल
माघ २८, कोहलपुर

बाँके क्षेत्र नम्बर ४ की समानुपातिक महिला सभाष्द् आशा विकलाई दलित महिला सघ बाँकेका महिलाहरुले मंगलबार सम्मान गरे । आफ्नै समुदाय र जिल्लाकी चेली देशको संविधान बनाउने जिम्मेवारी बोक्दै सभासद् बनेको खुशीमा दलित महिलाले एक कार्यक्रमको आयोजना गरी सभाषद् विकलाई सम्मान गरे । नेपाली कांग्रेसबाट समानुपातिक सूचीबाट सभासद् बनेकी विकलाई दोसल्ला सहित सम्मान गरियो । सम्मान कार्यक्रममा सहभागी दलित महिलाले दलित महिला र देशका समग्र महिलाका हकअधिकार संविधानमा लेख्न र दलित महिलाको विकासमा सहयोग गरिदिन उनलाई सुझाव दिए । 
सम्मानपछि बोल्दै सभासद् विकले दलित महिलाको माग र अपेक्षालाई आत्मसाथ र कदर गर्दै आँफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् । दलित महिलाले जिल्लामा दलित महिलाका लागि सेल्टर घर स्थापना, सहकारी स्थापना, व्यवसायीक आर्यआर्जनका कार्यक्रम र अभियानमा सहयोग पुर्याउन अनुरोध गरे । ढिलै भएपनि एकबर्षपछि दलित महिलाहरुले आफ्नो नजिकको दिदि सम्झेर सम्मान गरेकोमा आभार प्रकट गर्दै दलित महिलाको मुद्धा र सवालमा आफूँलाई संगसंगै लैजान उनले आग्रह गरिन् ।
source:- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment