माइतीमा बस्दै आएकी श्रीमतीको बन्चरो प्रहार गरी हत्या

गोरखा , माघ १९ - तनहुँ पुर्कोटका नेत्र नेपालीले माइतीमा बस्दै आएकी श्रीमती चन्द्रकुमारीको हत्या गरेका छन् । लामो समयदेखि पालुङटार नगरपालिका ४ बडारेस्थित माइतीमा बस्दै आएकी ४२ वर्षीया चन्द्रकुमारीको ५० वर्षीय श्रीमान् नेत्रले आइतबार साँझ बन्चरोले टाउकोमा हानेर हत्या गरेका हुन् । नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । चन्द्रकुमारी एक वर्षअघिदेखि माइतीमा बस्दै आएकी थिइन् । दुई दिनअघि ससुराली आएका नेपालीले उनलाई बञ्चरो प्रहार गरेका थिए । प्रहारबाट घाइते चन्द्रकुमारीको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।   

No comments:

Post a Comment